पुस ५, २०८२ आइतबार | १०:१०:१३
रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल

लियो, डिआरएस र हुम्मिङ बर्डलाई उपाधि

चितवन । लियो इ-स्पोर्टस, डिआरएस गेमिङ र हुम्मिङ बर्डले बागतमी इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिपको उपाधि जितेका छन् ।

चितवनको भरतपुरमा सम्पन्न प्रतियोगितामा लियो पब्जी मोबाइइल, डिआरएस अनर अफ किंग्स र हुम्मिङ बर्ड एमएलबिबीमा च्याम्पियन बने ।

अनलाइनमार्फत भएको पब्जी मोबाईलमा टिटुके इस्पोर्टस दोस्रो, किलर अफ माउन्टेन्स तेस्रो र फ्याबुलस फोरले चौथो स्थान हासिल गरे । उनीहरुले क्रमश ६५ हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गरे ।

ल्यान इभेन्टको रूपमा भएको एमएलबिबीमा पिङ पोङ दोस्रो, एचएफएच  इ-स्पोर्टस तेस्रो र द नाइन्टिन सेभेन्टिफाइभ चौथो स्थानमा रहे । शीर्ष चार टोलीले क्रमश ३० हजार, २५ हजार, २० हजार र १५ हजार रुपैयाँ प्राप्त गरे । 

अनर अफ किंग्समा लियो इ-स्पोर्टस दोस्रो, गफलाइक इ-स्पोर्टस तेस्रो र कलर अफ गेम्स चौथौं स्थानमा रहे । 
विजेता डिआरएसले ५० हजार तथा उपविजेता लियोले ३० हजार रुपैयाँ हासिल गरे ।

इ-फुटबलमा साकार श्रेष्ठ पहिलो, सोनम श्रेष्ठ दोस्रो, लाकेश गुरुङ तेस्रो र बुद्ध बहादुर भट्टराई चौथौें स्थानमा रहे । उनीहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा ४०० टिमका करिब २ हजार खेलाडी सहभागी थिए । कात्तिक १ गतेदेखि प्रतियोगिताका अनलाइन छनोट खेलहरु र कात्तिक ९ र १० गते फाइनल ल्यान इभेन्ट सञ्चालन गरिएको थियो ।

प्रतियोगिताका विजेतालाई आयोजक ई स्पोर्ट्स संघका वरिष्ठ उपाध्यक्ष हिमविक्रम केसी, बोर्ड सदस्यहरु सजिब भट्टराई, सिजन भटट्टराई, पुकार केसी तथा सहआयोजक क्यासी स्पोर्टसका प्रबन्ध निर्देशक सुभासिष लामिछाने लगायतले पुरस्कार वितरण गरेका थिए ।

इ-स्पोर्टस संघको यस वर्षको पहिलो कार्यक्रमको रूपमा यो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितालाई भरतपुर महानगरपालिका, बागमती प्रदेश खेलकुद विकास परिषद्, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सहित विभिन्न निजि संघ संस्थाले सहयोग गरेका थिए ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I