माघ २३, २०८२ शुक्रबार | १२:३५:४७
पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने

इ-स्पोर्टसका पदक विजेता पुरस्कृत

काठमाडौं । प्रथम राष्ट्रिय इ-स्पोर्टस च्याम्पियनसिपकाे मोबाइल लिजेन्ड र इ-फुटबलका पदक विजेतालाई सोमबार पुरस्कृत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेलाडीलाई ट्रफी र नगद प्रदान गरे ।

मोबाइल लिजेन्डमा शीर्ष आठ स्थान हासिल गर्ने क्रमशः हाइ भोल्टेजले ६० हजार, कोड रेडले ४० हजार, सिक्सटी नाइन गेमिङले ३० हजार, वीरे नुनले २० हजार, मिडनाइट ह्याभक र हेल्लो किटिसले समान १५ हजार तथा मिडनाइट ह्याभक २.० र गुड नाइटले समान १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यसैगरी इ-फुटबलका विजेता गौरव पुडासैनीले ४० हजार, उपविजेता सन्देश ओझाले ३० हजार, तेश्रो स्थान हासिल गरेका रोशन शर्माले २० हजार तथा चौथो भएका निखिल हमालले १० हजार रुपैयाँ पाएका छन् ।

 इ-स्पोर्टस संघ नेपालको आयोजनामा प्रतियोगिता असार १४ र १५ गते सुर्खेतमा भएको थियो ।

 सदस्यसचिव घिसिङले इ स्पोर्टस संघलाई जिम्मेवारी दिएको छोटो समयमा प्रतियोगिता आयोजना गर्न सफल भएकोमा बधाइ दिदै इ स्पोर्टसलाई अझ व्यवस्थित ढंगले अगाडि बढाएर देशको प्रतिष्ठा अभिबृद्धि गर्ने माध्यम बनाउनु पर्नेमा जोड दिए ।

सदस्यसचिव घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी हुँदा कुनै व्यक्ति विशेष नभइ सिंगो देशको प्रतिनिधित्व सम्झनु पर्ने बताउदै संघलाई आसन्न एसियाली इन्डोर गेम्सको तयारीमा जुट्न निर्देशन पनि दिए ।

राखेपका सदस्य तथा संघका अध्यक्ष अञ्जन धमलाले ठूलो चुनौतीकाबीच सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेकोमा राखेपलाई धन्यवाद दिदै वार्षिक क्यालेन्डर नै बनाएर संघ अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।