पुस ५, २०८२ आइतबार | १०:१३:३६
रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल

एचके मडरर्स च्याम्पियन

सुर्खेत । प्रथम राष्ट्रिय इ-स्पोर्टस च्याम्पियनसिपको उपाधि हेल नाइट (एचके) मडरर्सले जितेको छ । कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरमा शनिबार राति सम्पन्न फाइनल चरणमा एचके मडर्स  लियो स्पोर्टसलाई पछि पार्दै पब्जी मोबाईलतर्फ च्याम्पियन बन्यो।

दुवै टोलीले समान अंक जोडे पनि चिकेन डिनरका आधारमा एचके मडरर्स च्याम्पियन बनेको आयोजक इ-स्पोर्टस संघका सचिव आशिष दाहालले जानकारी दिए ।

उपाधिसँगै एचके मडरर्सले २ लाख २५ हजार रुपैयाँ  प्राप्त गर्यो । दोस्रो भएको लियो स्पोर्टस १ लाख ८० हजार रुपैयाँ पायो । यस्तै तेस्रो भएको फ्याभ फोरले १ लाख ८ हजार रुपैयाँ प्राप्त गर्यो ।

पब्जी मोबाइलमा अन्तिम चरणमा प्रतिस्पर्धा गरेका १६ वटै टिमले नगद पुरस्कार प्राप्त गरेका थिए ।

लियो स्पोर्टसका लिओ एक्स हैतदामी मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित भए । उनले टेक्नो पोभा-६ मोबाइल प्राप्त गरे ।

च्याम्पियनसिपमा तीन विधा समावेश गरिएको थियो । जसमा इ-फुटबलको उपाधि गौरव पुडासैनीले जिते । यस्तै, मोबाइल लेजेण्ड्स (एमएलबिबी) को उपाधि टिम हाइ भोल्टेजले जित्याे ।

पब्जी बाहेक बाँकी दुई इभेन्ट अनलाइनमा आयोजना भएको थियो । एमएलबिबीको प्राइज पुल २ लाख र इ फुटबलको प्राइज पुल लाख १ रुपैयाँ थियो ।

इ-स्पोर्टस संघ नेपालको आधिकारिक गठन भएपछि पहिलो प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गरिएको हो । प्रतियोगिताको छनोटमा पब्जीतर्फ १३६ र मोबाइल लेजण्ड्सतर्फ ४० टिम तथा इ-फुटबलमा १९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I