पुस ७, २०८१ आइतबार | १२:१६:२४
एनपिएल च्याम्पियन जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान रोमाञ्चक जित निकाल्दै नापोली शीर्षस्थानमा आर्सनलको सहज जित एट्लेटिको १८ वर्षपछि बार्सिलोनाको घरेलु मैदानमा विजयी न्युटन च्याम्पियन म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित थन्डर बोल्ट्स कपः टाइम्स, बर्नहार्ट, काठमान्डु वर्ल्ड र जेभियर सेमिफाइनलमामा एनआरटी फाइनलमा मेरा लागि ललित उत्कृष्ट खेलाडी हुन्: जनकपुरका प्रशिक्षक पुबुदु दीपेन्द्र एनपिएलको सर्वोत्कृष्ट घरेलु खेलाडी, प्राप्त गरे गाडी एनपिएल च्याम्पियन जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान रोमाञ्चक जित निकाल्दै नापोली शीर्षस्थानमा आर्सनलको सहज जित एट्लेटिको १८ वर्षपछि बार्सिलोनाको घरेलु मैदानमा विजयी न्युटन च्याम्पियन म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित थन्डर बोल्ट्स कपः टाइम्स, बर्नहार्ट, काठमान्डु वर्ल्ड र जेभियर सेमिफाइनलमामा एनआरटी फाइनलमा मेरा लागि ललित उत्कृष्ट खेलाडी हुन्: जनकपुरका प्रशिक्षक पुबुदु दीपेन्द्र एनपिएलको सर्वोत्कृष्ट घरेलु खेलाडी, प्राप्त गरे गाडी

सुर्खेतमा हुने इ-स्पोर्टस च्याम्पियनसिपको तयारी पूरा

सुर्खेत । पहिलो राष्ट्रिय  इ-स्पोर्टस च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक इ-स्पोर्टस संघ नेपाल (इशान) ले सुर्खेतको विरेन्द्रनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दियो ।

कर्णाली प्रदेश इ-स्पोर्टस संघ सह-आयोजक रहेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शुक्रबार र शनिबार सुर्खेतमा  हुँदैछ ।

इशानका सचिव आशिष दाहालले प्रतियोगिताको अन्तिम चरणमा छनोट भएका सम्पुर्ण खेलाडी सुर्खेत आइसकेको बताए ।

पब्जी मोबाईल, मोबाइल लेजेण्ड्स र इ-फुटबल समावेश गरिएको राष्ट्रिय च्याम्पियनसिपको छनोटमा पब्जीमा १३६ टिम, मोबाइल लेजण्ड्समा ४० टिम र इ-फुटबलमा १९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

मोबाईल लेजण्ड्स र इ-फुटबलको फाइनल शुक्रबार अनलाईनमा हुनेछ भने पब्जी मोबाईलको फाइनल ल्यान इभेन्ट शुक्रबार र शनिबार भौतिक रूमा हुने सचिव दाहालले बताए ।

कुल पुरस्कार राशी १२ लाख रहेको प्रतियोगितामा पब्जी मोबाइलमा ९ लाख, मोबाइल लेजेण्ड्समा २ लाख र  इ फुटबलमा १ लाख रुपैयाँ प्रदान गरिने छ ।

यस वर्ष कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुदको प्रचार प्रसारलाई सहयोग पुर्याउने उद्धेश्यले पहिलो राष्ट्रिय प्रतियोगिता सुर्खेतमा गर्न लागिएको संघका वरिष्ठ उपाध्यक्ष हिमविक्रम केसीले बताए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालले आधुनिक प्रविधिको खेल प्रतियोगिता कर्णालीमा हुनु सिंगो प्रदेशका लागि खुसीको विषय भएको बताए ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राष्ट्रिय)  र कर्णाली प्रदेश इ स्पोर्टस संघले सहयोग गरेका छन् ।
 


भिडियो
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1