माघ २३, २०८२ शुक्रबार | १२:३५:१७
पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित अन्तिम आठमा पुग्ने लक्ष्य छः रोहित वार्मअप खेलमा नेपालको अर्को सानदार जित, क्यानडालाई ६ विकेटले हरायो क्यानडाविरुद्ध आसिफको अर्धशतक क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य नेपालले रोहित विना खेल्दै दक्षिण अफ्रिकामाथि भारतको सजिलो जित लगातार दोस्रो वार्म अप जित्ने योजनामा नेपाल म्यानचेष्टर सिटी फाइनलमा, आर्सनलसँग भिड्ने

इ-स्पोर्टसको राष्ट्रिय च्याम्पियनसिप सुर्खेतमा हुने

काठमाडौं । इ-स्पोर्टस संघ नेपालको आयोजनामा इ-स्पोर्टसको राष्ट्रिय च्याम्पियनसिप असारको दोस्रो साता  सुर्खेतमा हुने भएको छ ।

संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी असार १४ र १५ गते हुने जानकारी दियो ।

च्याम्पियनसिपमा पब्जी मोबाइल, मोबाइल लिजेण्डस र इ फुटबल गरी तीन खेल समावेश गरिएको संघका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।

पब्जी मोबाइलको छनोट अनलाइनमार्फत हुने र अन्तिम १६को फाइनल राउन्ड भौतिक रुपमा गरिने संघले जनाएको छ । मोबाइल लिजेण्डसका सम्पूर्ण खेल अनलाइन तथा इ फुटबलको प्रारम्भिक छनोट अनलाईन, सेमिफाइनल र फाइनल प्रतिस्पर्धा भौतिक रुपमा सञ्चालन गरिनेछ ।

संघका अध्यक्ष अन्जन धमलाले नेपालमा बढ्दो लोकप्रियता, अन्तराष्ट्रिय सम्भावना र लगानीको प्रतिफलका हिसाबले तीन खेललाई प्राथमिकतामा राखेर राष्ट्रिय च्याम्पियनसिपमा समावेश गरिएको जानकारी दिए ।

प्रतियोगिताको पुरुस्कार राशि १२ लाख रुपैयाँ छ  । जसमा ७० प्रतिशत पब्जी मोबाइलमा, २० प्रतिशत एमएलबिबी र १० प्रतिशत पुरस्कार इ फुटबलमा बाँडिने संघले जनाएको छ ।

तीन वटै खेल विधाका विजेताले आसन्न एसियन इ-स्पोर्टस च्याम्पियनसिपको नेपाल छनोटको फाइनल चरणमा स्थान सुरक्षित गर्ने संघ अध्यक्ष धमलाले जानकारी दिए ।

टिम दर्ता शुक्रबारबाटै खुल्ला गरिएको छ भने प्रतियोगितामा प्रदेश र क्लब गरि तीन सय बढी टिमले छनोट चरणबाट भाग लिने संघले जनाएको छ । संघको वेव साईटमा गएर टिम दर्ता गर्न सकिने र भौतिक रुपमा समेत टिम दर्ताको सुविधा राखिएको संघका सचिव आशिष दाहालले बताए ।

अनलाइन छनोट असार ४ देखि १० गतेसम्म  हुनेछ । प्रतियोगितामा १६ वर्षमाथिका खेलाडीले मात्र सहभागीता जनाउन पाउनेछन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।