पुस ५, २०८२ आइतबार | १०:१३:३६
रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल

इ-स्पोर्टसको राष्ट्रिय च्याम्पियनसिप सुर्खेतमा हुने

काठमाडौं । इ-स्पोर्टस संघ नेपालको आयोजनामा इ-स्पोर्टसको राष्ट्रिय च्याम्पियनसिप असारको दोस्रो साता  सुर्खेतमा हुने भएको छ ।

संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी असार १४ र १५ गते हुने जानकारी दियो ।

च्याम्पियनसिपमा पब्जी मोबाइल, मोबाइल लिजेण्डस र इ फुटबल गरी तीन खेल समावेश गरिएको संघका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।

पब्जी मोबाइलको छनोट अनलाइनमार्फत हुने र अन्तिम १६को फाइनल राउन्ड भौतिक रुपमा गरिने संघले जनाएको छ । मोबाइल लिजेण्डसका सम्पूर्ण खेल अनलाइन तथा इ फुटबलको प्रारम्भिक छनोट अनलाईन, सेमिफाइनल र फाइनल प्रतिस्पर्धा भौतिक रुपमा सञ्चालन गरिनेछ ।

संघका अध्यक्ष अन्जन धमलाले नेपालमा बढ्दो लोकप्रियता, अन्तराष्ट्रिय सम्भावना र लगानीको प्रतिफलका हिसाबले तीन खेललाई प्राथमिकतामा राखेर राष्ट्रिय च्याम्पियनसिपमा समावेश गरिएको जानकारी दिए ।

प्रतियोगिताको पुरुस्कार राशि १२ लाख रुपैयाँ छ  । जसमा ७० प्रतिशत पब्जी मोबाइलमा, २० प्रतिशत एमएलबिबी र १० प्रतिशत पुरस्कार इ फुटबलमा बाँडिने संघले जनाएको छ ।

तीन वटै खेल विधाका विजेताले आसन्न एसियन इ-स्पोर्टस च्याम्पियनसिपको नेपाल छनोटको फाइनल चरणमा स्थान सुरक्षित गर्ने संघ अध्यक्ष धमलाले जानकारी दिए ।

टिम दर्ता शुक्रबारबाटै खुल्ला गरिएको छ भने प्रतियोगितामा प्रदेश र क्लब गरि तीन सय बढी टिमले छनोट चरणबाट भाग लिने संघले जनाएको छ । संघको वेव साईटमा गएर टिम दर्ता गर्न सकिने र भौतिक रुपमा समेत टिम दर्ताको सुविधा राखिएको संघका सचिव आशिष दाहालले बताए ।

अनलाइन छनोट असार ४ देखि १० गतेसम्म  हुनेछ । प्रतियोगितामा १६ वर्षमाथिका खेलाडीले मात्र सहभागीता जनाउन पाउनेछन् ।

 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I