काठमाडौं । चीनको झाङ्झाउमा जारी १९ औं एसियाली खेलकुदको इस्पोर्टस अन्तर्गत पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा प्रवेश गरेको छ ।
चाइना हाङझाउ इस्पोर्टस सेन्टरमा बिहीबार भएको समूह ‘सी’ को प्रारम्भिक चरणमा नेपाल दोस्रो स्थानमा रहँदै दोस्रो चरणमा पुगेको हो।
समूहमा नेपालसहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम थिए। दक्षिण कोरिया शीर्ष स्थामा रह्यो ।
नेपालको ५२ मिनेट २०.२८ सेकेन्ड तथा कोरियाको ४७ मिनेट २८.४६७ सेकेन्डको टाइमिङ थियो। नेपाल चार समूहमा दोस्रो हुनेमध्ये उत्कृष्ट टाइमिङको आधारमा अन्तिम १६ मा छनोट भएको हो।
अब नेपालले दोस्रो चरणमा शुक्रबार प्रतिस्पर्धा गर्नेछ। त्यहाँबाट उत्कृष्ट आठ टोली तेस्रो चरणमा प्रवेश गर्नेछन्।
समूह ‘ए’ बाट हङकङ, ‘बी’ बाट चाइनिज ताइपेई, तथा ‘डी’बाट इन्डोनेसियाले पनि दोस्रो चरणमा स्थान पक्कम दोस्रो चरणमा छन्। वरीयताका आधारमा यसअघि नै चीनसहित चार देश दोस्रो दोस्रो चरणमा स्थान सुरक्षित गरेका थिए ।
अब समूहबाट सिधै दोस्रो चरणमा पुग्न नसकेका ११ टोलीबीचको प्रतिस्पर्धाबाट ७ टिम अन्तिम १६ मा पुग्नेछन्।