चैत्र १५, २०८२ आइतबार | १७:३२:०९
गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य

ई-स्पोर्टस खेलाडीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं ।  नेपाल ई-स्पोर्टस संघ (नेसा)ले १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडीका लागि एक दिने अभिमुखीकरण कार्यक्रम ओलम्पिक भवन, सातदोबाटोमा आयोजना गरेको छ ।

चीनको हाङझाओमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म सञ्चालन हुने एसियाली खेलकुदमा ई-स्पोर्टसका सात  खेल समावेश गरिएको छ । जसमध्ये पाँच खेलमा नेपालका २३ खलाडी सहभागी हुदैछन् ।

भर्चुअल रुपमा खेलिने ई-स्पोर्टसलाई एसियाली खेलकुदमा रुपमा पहिलो पल्ट समावेश गरिएको हो । त्यसैले पिस एलिटको रुपमा समावेश पब्जी मोबाइलसहित एरिना अफ भेलोर, ड्रिम थ्री किङडोम्स, डोटा र फिफा (इफुटबल) मा हाङझाओ जाने नेपाली खेलाडीलाई एसियाली खेलकुदको महत्व, राष्ट्रको प्रतिनिधित्व गर्दा हुने गौरव र यसमा पालना गर्नुपर्ने अनुशासनलाई लिएर नेसाले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा ११ औं दक्षिण एसियाली खेलकुद २०१० मा उसुतर्फ स्वर्णपदक जितेका आङबाबु लामा र महिला चेसमा पहिलो राष्ट्रिय चेस च्याम्पियन मोनालिशा खम्बुले ओलम्पिकपछिको प्रतिष्ठित् बृहत् खेलकुदमा सहभागि हुँदाका आ-आफ्ना अनुभव बाँडेका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का कोषाध्यक्ष पनि लामाले सन् २०१० मा ग्वान्जाउ, चीन र २०१४ मा इन्चोन, दक्षिण कोरियामा भएका एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए ।

नेपाल चेस महासंघकी उपमहासचिव खम्बु २००६ मा दोहा, कतार तथा २०१० मा ग्वान्जाउ, चीनमा भएको एसियाली खेलकुदमा सहभागि भएकी थिइन् । उनीहरूले खेलमा केन्द्रित हुँदै खेलाडीले व्यक्तिगत जीवनलाई पनि अनुशासित राख्न आवश्यक भएको बताएका थिए ।

त्यस्तै, ब्याडमिन्टन एसियाका सिर्टिफाइड अम्पायर दीपक थापाले एसियाली खेलकुदजस्ता ठूला र प्रतिष्ठित प्रतियोगितामा खेलाडीहरूले एथलेटि भिलेजमा के–कसो गर्छन् भनी सूक्ष्म रुपमा हेर्ने भएकाले खेलाडीको अनुशासन र व्यवहारमा देशको प्रतिष्ठाको सवाल जोडिएको हुने र त्यसमा ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सन् २०१६ मा ब्राजिलको रियो डे जेनेरियोमा भएको समर ओलम्पिकमा निर्णायकको भूमिका निर्वाह गरेका थापाले उत्कृष्ट प्रदर्शनको लागि विपक्षी खेलाडीको उक्साहटबाट पनि जोगिन सुझाव दिए ।

पत्रकार राजु घिसिङले ठूला प्रतियोगितामा मिडियामा कसरी प्रस्तुत हुनुपर्छ भनेर खेलाडीले ध्यान दिनुपर्ने कुराको जानकारी दिए ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले मिहिनेतसाथ ई-स्पोर्टसमा नेपालको सहभागिता र सबभन्दा ठूलो टिमबारे निर्णय गरिएको उल्लेख गर्दै १९ औं एसियाली खेलकुदमा पदक जित्ने आशा राखेको बताए ।

नेसाका अध्यक्ष्य सरज डंगोलले ई-स्पोर्टसमा नेपालले राम्रो गरिरहेको जनाउँदै हाङझाओमा पनि पदक जितेर आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा डंगोलले खेलाडीलाई एसियाली खेलकुदको एक्रिडिटेसन कार्ड पनि वितरण गरे । यसपाली एसियाली खलकुदमा चीन प्रवेशका निम्ति एसियाली खेलकुदको एक्रिडिटेसन कार्डलाई भिसाको रुपमा मान्यता दिइएको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो