फाल्गुन १५, २०८२ शुक्रबार | २०:२५:३२
लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर जय ट्रफी : अन्तिम दिनको खेल आज भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर जय ट्रफी : अन्तिम दिनको खेल आज भारतले जिम्बाव्वेलाई हरायो, निर्णायक खेल वेष्ट इन्डिजसँग खेल्ने

कोशी प्राइड लिगको मिति धकेलियो

काठमाडौं । चैत ८ बाट सुनसरीमा सुरु हुने भनिएको ट्वान्टी २० कोशी प्राइड लिग (केपिएल) तेस्रो संस्करणको मिति परिवर्तन भएको छ ।

कोशी प्राइड प्रा.लीले आयोजना गर्ने विभिन्न सात फ्रेन्चाइज टिमले सहभागिता जनाउने लिग अब चैत ८ देखि २० गतेसम्म सुनसरीमै हुनेछ । प्रतिनिधिसभाको निर्वाचनको कारण प्रतियोगिता सारिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको नयाँ मितिलाई नेपाल क्रिकेट संघ (क्यान)ले समेत स्विकृत दिएको छ । यसअघि फागुन ९ देखि २१ सम्म हुने भनिएको थियो । प्रतियोगितालाई कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ ।

प्रतियोगिताको लागि सहभागी टिमले अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन् । यस्तै, हरेक टिमले ड्राफ्टबाट ३ देखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् ।

अक्सनमा २३२ खेलाडी समावेश थिए । क्याटगोरी ‘ए’ मा ३४, क्याटगोरी ‘बी’ मा ९५ तथा क्याटगोरी ‘सी’ मा १०३ खेलाडी रहेका थिए । २३२ खेलाडी मध्ये ८४ खेलाडी बिक्री भएका हुन् ।

सम्पूर्ण टिमको जानकारी

आकाश खड्का मालिक रहेको एभरेष्ट थन्डर्सले राष्ट्रिय टिमका करण केसी, सोमपाल कामी, युवराज खत्री र रञ्जित कुमारलाई ड्राफबाट ल्याउँदा अक्सनबाट नारायण जोशी, आकाश त्रिपाठी, दीपेन्द्र रावत, रोशन विश्वकर्मा, पुजन विक, सलाहुद्धिन खान, सहिल पटेल, प्रज्वल थापा, लोकेश जोशी, भोला कुमार शाह, सिभम तिवारी र रविन्द्र मण्डललाई अनुबन्ध गरेको छ ।

धर्म न्यौपाने मालिक रहेको नमुना ब्लास्टर्सले राष्ट्रिय टिमका नन्दन यादवसहित गौरव कट्वाल र प्रकाश कार्कीलाई ड्राफबाट लिएको छ । यस्तै, अक्सनबाट अमित श्रेष्ठ, विपिन रावल, किरणकुमार ठगुन्ना, दयानन्द मन्डल, विपिन आचार्य, विपिन आचार्य, सन्दीप ढुंगाना, प्रतिक श्रेष्ठ, अभिशेष गौतम, राजु विश्वकर्मा, प्रभात राई, सचिन लेखक र नितेश कुमार यादव छन् ।

कल्पित ढकाल मालिक रहेको इटहरी आदर्श जायन्ट्सले कुशल मल्ल, भुपाल लुइटेल, बिनोद भण्डारी, दिपेश कँडेल र रुपेश सिंहलाई ड्राफबाट अनुबन्ध गर्दा अक्सनबाट अर्जुन कुमाल, अमरसिंह रौटेला, युुनिस विक्रम सिंह ठकुरी, सुनिल धमला, नरबहादुर सार्की, समिर कार्की, आशुतोष घिरैया, श्रवण यादव, आकाश सरार्फ, विकल्प आचार्य, रितेश रोय र समिर तिमल्सिना भित्राएको छ ।

विर्तामोड हिट्सले राष्ट्रिय टिमका अलराउन्डर गुल्शन झा, शेर मल्लसँगै दिनेश अधिकारी, भिम सार्की र अर्जुन साउदलाई ड्राफबाट अनुबन्ध गर्दा सन्तोष यादव, दीपक डुम्रे, विकास आग्री, रविन्द्र जंगशाही, विवेक केसी, बिशाल सुस्लिङ, सार्थक धिताल, अशोक धामी, राजेन्द्र बम, आयुष न्यौपाने, रुपक बराल र रोशन साउदलाई अक्सनबाट अनुबन्ध गरेको छ । टिमको मालिकमा अनुराग प्रमानिक हुन् । 

त्यस्तै, संजोक राणा मालिक रहेको पुर्वेली सुपर किंग्स ड्राफबाट ललित राजवंशी, मोहम्मद आदिल आलम, अर्जुन घर्ती, तृतराज दास, दिवन पुन र भरत कार्कीलाई अनुबन्ध गर्दा अक्सनबाट नरेन साउद, रिजन ढकाल, मयन यादव, आदिल खान, बिशाल पटेल, इमरान शेख, चिराग शाह, दिपक पास्वन, सोनु शर्मा, अभिषेक कार्की, मोहम्मद समिर र अभिषेक शर्मालाई टिममा समावेश गरेको छ ।

मोहम्मद सेराज अन्सारी मालिक रहेको बिएन कोशी अर्नासले फिर्दोस अन्सारी, सुजन थपलिया, सन्तोष कार्की र भुवन कार्कीलाई ड्राफमा तानेको छ । शंकर राना, विपिन खत्री, हिमांशु दत्त, दिपेश श्रेष्ठ, शाकिव हक, सुमित श्रेष्ठ, कमल गुप्ता, लोकेन्द्र बहादुर चन्द, जोसक खड्का, कमललुद्धिन मियान, शिभान यादव र अफन ताहिरलाई अक्सनबाट अनुबन्ध गरेको छ ।

गोर्खा एभेन्जर्सबाट कोशी प्राइड लिगमा शाहव आलम, बसिर अहमद, पवन सरार्फ, रसिद खान र देव खनाल खेल्दैछन् । सबै खेलाडी ड्राफका हुन् । यता, अक्सनबाट दिपक बोहरा, आकाश चन्द, शुभ कंसकार, दुर्गेश गुप्ता, अयजकुमार चौहान, उत्तम रंगु थापामगर, सन्दीप बहादुर रजाली, तुलबहादुर थापा, विक्रम खड्का, सन्दीप मौर्या, राजु भुसाल र रौनक श्रीवास्तव छन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||