कार्तिक ७, २०८२ शुक्रबार | ०१:००:०९
काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित बायर्न म्युनिख लगातार तेस्रो खेलमा विजयी रियालको विजयी यात्रा जारी प्रशिक्षणमा फर्किए राफिन्हा कामना विष्टको उत्कृष्ट प्रदर्शनमा नैफारुको लगातार तेस्रो जित काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित बायर्न म्युनिख लगातार तेस्रो खेलमा विजयी रियालको विजयी यात्रा जारी प्रशिक्षणमा फर्किए राफिन्हा कामना विष्टको उत्कृष्ट प्रदर्शनमा नैफारुको लगातार तेस्रो जित

बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला

काठमाडौं । घरेलु टोली पाकिस्तानविरुद्धको दोस्रो  तथा अन्तिम टेस्टमा दक्षिण अफ्रिका आठ विकेटले विजयी भएको छ ।

यससँगै दुई खेलको टेस्ट शृंखला १-१ को बराबरीमा सकिएको छ। पहिलो टेस्टमा पाकिस्तान ९३ रनले विजयी भएको थियो ।

रावलपिन्डी क्रिक्ट रंगशालामा पाकिस्तानले प्रस्तुत गरेको ६८ रनको लक्ष्य दक्षिण अफ्रिकाले दुई विकेट गुमाउँदै पूरा गर्यो ।

दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्करमले ४२ र रायन रिकेल्टनले अविजित २५ रन बनाए ।

पाकिस्तानका लागि दुवै विकेट नोमन अलीले लिए ।

पाकिस्तानले दोस्रो इनिङमा १३८ रन मात्रै बनाउन सकेपछि दक्षिण अफ्रिकाले  ६८ रनको लक्ष्य प्राप्त गरेको थियो ।

दोस्रो इनिङमा पाकिस्तानका लागि बाबर आजमले ८७ बलमा सात चौकाको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी  सलमान आगाले २८, मोहम्मद रिजवानले १८। राजिद खानले १३ र साउल शकिलले ११ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि साइमन हार्मरले ६, केशव महाराजले दुई र कागिसो रावडाले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले पहिलो इनिङमा सबै विकेट गुमाउँदै ३३३ रन बनाएको थियो । दक्षिण अफ्रिकाले ४०४ रन बनाएपछि पाकिस्तान ७१ रनले पछि परेको थियो ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain