काठमाडौं । चितवन राइनाजले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि इङ्लिस ब्याटर डेविड मलानलाई अनुबन्ध गरेकाे छ ।
चितवनले मंगलबार सामाजिक सञ्जालमार्फत मलानलाई भित्र्याएकाे जानकारी दियाे ।
३८ वर्षीय बाँयाहाते ब्याटर मलानले ६२ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा एक शतक र १६ अर्धशतकसहित १ हजार ८९२ रन बनाएका छन् ।
इङ्ल्यान्डले सन् २०२२ मा ट्वान्टी-२० विश्वकपकाे उपाधि जित्दा मलान टोलीको सदस्य थिए । यसैगरी उनले सन् २०२३ मा एकदिवसीय विश्वकप पनि खेलेका थिए ।
यसैगरी चितवनले इङ्ल्यान्डका रवि बोपारा र पाकिस्तानका सोहेल तान्वीरलाई दोस्रो संस्करणमा पनि निरन्तरता दिने भएको छ ।
एनपिएलकाे दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुनेछ ।
भिडियो
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा