कार्तिक ५, २०८२ बुधबार | १४:३३:४५
काभा कप भलिबल: नेपाल पहिलो खेलमै पराजित कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ कार्तिक १७ गते हुने स्कटल्यान्डका बलर मार्क वाटले कर्णालीबाट एनपिएल खेल्ने एट्लेटिको मड्रिडविरुद्ध आर्सनलको एकतर्फी जित इन्टर मिलान लगातार तेस्रो खेलमा विजयी पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको सानदार जितमा फिर्मिन लोपेजको ह्याट्रिक बंगलादेशविरुद्ध वेस्ट इन्डिज सुपर ओभरमा विजयी नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई काभा कप भलिबल: नेपाल पहिलो खेलमै पराजित कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ कार्तिक १७ गते हुने स्कटल्यान्डका बलर मार्क वाटले कर्णालीबाट एनपिएल खेल्ने एट्लेटिको मड्रिडविरुद्ध आर्सनलको एकतर्फी जित इन्टर मिलान लगातार तेस्रो खेलमा विजयी पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको सानदार जितमा फिर्मिन लोपेजको ह्याट्रिक बंगलादेशविरुद्ध वेस्ट इन्डिज सुपर ओभरमा विजयी नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई

कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ कार्तिक १७ गते हुने

काठमाडौं । कर्णाली याक्स स्पोर्टस प्रालीले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि कार्तिक १७ गते ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको छ ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले यो कार्यक्रमबाट युवा खेलाडीको खोजी गरिने जानकारी गराए । ‘पहिलो संस्करणमा झै हामीले दोस्रो संस्करणमा पनि ‘ट्यालेन्ट हन्ट’ आयोजना गर्दैछौं । यस पटक पनि हामी विपिन शर्मा जस्तै नयाँ स्टार खोज्ने प्रयासमा हुन्छौं,’ निर्देशक घिमिरेले भने ।

विपिन पहिलो संस्करणको ‘ट्यालेन्ट हन्ट’बाट छानिएका खेलाडी हुन् । प्रतियोगितामा सानदार प्रदर्शन गरेका १६ वर्षीय स्पिनर विपिनले आठ खेलमा १३ विकेट लिएका थिए ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने ‘ट्यानेन्ट हन्ट’ मा सहभागिताका लागि इच्छुक खेलाडीलाई नाम दर्ता गर्न पनि कर्णालीले अनुरोध पनि गरेको छ ।

कर्णालीले दोस्रो संस्करणमा पनिज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको  कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

गत संस्करण दोस्रो क्वालिफायरसम्म पुगेको कर्णालीले मार्की सोमपाल कामीसहित गुलशन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम ठकुरीलाई दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ । यसैगरी टोलीले मिनी अक्सनबाट पवर सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई  अनुबन्ध गरेको थियो ।

एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म हुदैछ । 


भिडियो
Private video
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain