काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज कर्णाली याक्सले स्टकल्यान्डका बलर मार्क वाटलाई अनुबन्ध गरेको छ ।
कर्णालीले बुधबार समाजिक सञ्जालमार्फत एनपिएलको दोस्रो संस्करणका लागि वाटलाई भित्र्याएको जानकारी दियो । उनी कर्णालीमा अनुबन्ध हुुने पहिलो विदेशी खेलाडी हुन् ।
२९ वर्षिय वाटले ७७ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा ८९ विकेट लिएका छन् ।
गत संस्करण दोस्रो क्वालिफायरसम्म पुगेको कर्णालीले मार्की सोमपाल कामीसहित गुलशन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम ठकुरीलाई दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ । यसैगरी टोलीले मिनी अक्सनबाट पवर सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।
एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म हुदैछ ।
भिडियो
Private video
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain