कार्तिक ५, २०८२ बुधबार | ०३:०९:००
बंगलादेशविरुद्ध वेस्ट इन्डिज सुपर ओभरमा विजयी नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई इङ्लिस ब्याटर डेविड मलान चितवनमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने बंगलादेशविरुद्ध वेस्ट इन्डिज सुपर ओभरमा विजयी नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई इङ्लिस ब्याटर डेविड मलान चितवनमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने

बंगलादेशविरुद्ध वेस्ट इन्डिज सुपर ओभरमा विजयी

काठमाडौं । वेस्ट इन्डिजले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा घरेलु टाेली   बंगलादेशलाई सुपर ओभरमा पराजित गरेको छ ।

वेस्ट इन्डिजको यो जितसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा बंगलादेश ७४ रनले विजयी भएको थियो ।

मिरपुरस्थित शेर बंगाल रंगशालामा बंगलादेशले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१३ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले १० रन बनाएको थियो । जवाफमा बंगलादेशले ९ रन मात्र बनाउन सक्यो ।

त्यसअघि वेस्ट इन्डिजका लागि कप्तान साइ होपले ६७ बलमा चार चौकाको मद्दतले अविजित ५३ रनको योगदान गरे । यसैगरी केस्सी कार्टीले ३५, एलिक एथानाजेले २८, जस्टिन ग्रिभ्सले २६, अकिम अगस्टेले १७, अकिल होसेनले १६ र गुडोकश मोतीले १५ रन बनाए ।

दोस्रो विकेटका लागि केस्सी र एलिकबीच ५१ रनको साझेदारी भएको थियो । बंगलादेशका लागि रिशाद होसेनले तीन, नसुम अहमद र तान्वीर इस्लामले समान दुई तथा सैफ हसनले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २१३ रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि सौम्य सरकारले ४५, रिशाद होसेनले अविजित ३९, कप्तान मेहदी हसन मिराजले अविजित ३२, नुरुल हसनले २३, मेहिदुल इस्लाम अन्कोनले १७, नज्मुल होसेन शान्तोले १५, नसुम अहमदले १४ र तोविड हृदयले १२ रन बनाए ।

आठौं विकेटका लागि राशिद र मेहदीले अविजित ५० रनको साझेदारी गरेका थिए । वेस्ट इन्डिजका लागि गुडाकेश मोतीले तीन तथा अकिल होसेन र एलिक एथानाजेले समान दुई विकेट लिए ।

तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ । 


भिडियो
Private video
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain