कार्तिक ३, २०८२ सोमबार | १३:५४:४७
भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा मोरोक्कोलाई फिफा यु-२० विश्वकपको उपाधि शीर्ष स्थानमा उक्लियो एसी मिलान म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो रियालको जितमा एमबाप्पेकाे निर्णायक गाेल एस्टन भिल्लाको पुनरागमन जित कोमोसँग युभेन्ट्स पराजित भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी एन्फाका महासचिव राई निलम्बित ! भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा मोरोक्कोलाई फिफा यु-२० विश्वकपको उपाधि शीर्ष स्थानमा उक्लियो एसी मिलान म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो रियालको जितमा एमबाप्पेकाे निर्णायक गाेल एस्टन भिल्लाको पुनरागमन जित कोमोसँग युभेन्ट्स पराजित भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी एन्फाका महासचिव राई निलम्बित !

रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा

काठमाडौं । घरेलु टाेली भारतविरुद्ध चार रनको रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्डले आइसीसी महिला एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान सुनिश्चित गरेको छ।

जितसँगै पाँच खेलमा ९ अंक जोडेको इङ्ल्यान्ड दोस्रो स्थानमा छ । पराजित भारत समान खेलबाट चार अंकका साथ चौथो स्थानमा छ ।

यससँगै अस्ट्रेलिया र दक्षिण अफ्रिका पनि अन्तिम चारमा पुगेका छन् ।

इन्दोरस्थित होल्कर क्रिकेट रंगशालामा इङ्ल्यान्डले प्रस्तुत गरेको २८९ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै २८४ रन बनायो ।

भारतका लागि स्मृति मन्धानाले ९४ बलमा आठ चौकासहित सर्वाधिक ८८ रनको योगदान गरिन् । यसैगरी कप्तान हरमनप्रीत कौरले ७०, दीप्ति शर्माले ५०, हर्लिन देओलले २४,  अमनजोत कौरले अविजित १८ र स्नेहा रानाले अविजित १० रन बनाए ।

इङ्ल्यान्डकी कप्तान नाटाली स्क्रिभर–ब्रन्टले दुई तथा लोरेन बेल, लिन्सी स्मिथ, चार्ली डिन र सोफी एक्लेस्टोनले समान विकेट विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा आ विकेट  गुमाउँदै २८८ रनको योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डका लागि हैदर नाइटले ९१ बलमा १५ चौका र एक छक्काको मद्दतले सर्वाधिक १०९ रनको योगदान गरिन् । यसैगरी एनी  जोनसले ५६, नाटाली स्क्रिभर–ब्रन्टले ३८,  टाम्मी बेउमोन्टले २२,  चार्ली डिनले अविजित १९,  सोफी डङ्कलीेले १५ र इम्मा लाम्बले ११ रनर बनाए ।

भारतका लागि दीप्ति शर्माले चार र श्री चरानीले दुई विकेट लिए । 


भिडियो
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल