मंसिर १७, २०८२ बुधबार | ००:२८:४०
अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ चाइनिज ताइपेइविरुद्ध मीना र मनमाया पहिलो रोजाईमा, गोलपोस्ट र कप्तानको जिम्मेवारी अञ्जिलालाई रसिङ्टन चम्किँदा पोखराले कर्णालीलाई दियो विशाल लक्ष्य कर्णालीविरुद्ध रसिङ्टनको शतक रसिङ्टनको लगातार दोस्रो खेलमा अर्धशतक अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ चाइनिज ताइपेइविरुद्ध मीना र मनमाया पहिलो रोजाईमा, गोलपोस्ट र कप्तानको जिम्मेवारी अञ्जिलालाई रसिङ्टन चम्किँदा पोखराले कर्णालीलाई दियो विशाल लक्ष्य कर्णालीविरुद्ध रसिङ्टनको शतक रसिङ्टनको लगातार दोस्रो खेलमा अर्धशतक
शनिबारको दिन

विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट

काठमाडौं । ‘हामीले एक वर्षदेखि यो सपना देखेका थियौं, आज आएर पूरा भएको छ, म शब्दमा बयान गर्न सक्दिनँ । यो क्षणले टिमलाई नै खुसी बनाएको छ । यो सफलतामा खेलाडीदेखि अफिसियल सबैको महत्वपूर्ण भूमिका छ, सबैलाई धन्यवाद ।’

आइसीसी ट्वान्टी-२० विश्वकपका लागि छनोट भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले यसरी खुसी व्यक्त गरेका थिए ।  दुई खेल अगाडि नै विश्वकपमा स्थान पक्का गरिसकेको नेपाल एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बनेकाे छ । 

कप्तान रोहितले भनेजस्तै यो क्षणलाई शब्दमा बयान गर्न सकिँदैन । यो त केबल महसुस मात्र गर्न सकिने कुरा हो । यतिबेला नेपाली क्रिकेट समर्थकले त्यो क्षण महसुस गरिरहेका छन् । नेपाली क्रिकेट विश्वकपमा छनोट भएको उत्सवमा रमाइरहेको छ ।

बुधबार नेपालका लागि विशेष दिन रह्यो । युएईले सामाओविरुद्ध जित निकालेसँगै नेपाल र घरेलु टोली ओमानले विश्वकपको टिकट काटेका थिए ।

नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक आइसीसी ट्वान्टी-२० विश्वकपमा सहभागिता जनाउँदै छ । यसअघि टोलीले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो ।

कतारविरुद्ध विकेट लिएपछि खुसीयाली मनाउँदै सन्दीप लामिछाने, तस्विरः क्यान । 

 बुधबार नेपालका लागि विशेष दिन रह्यो । युएईले सामाओविरुद्ध जित निकालेसँगै नेपाल र घरेलु टोली ओमानले विश्वकपको टिकट काटेका थिए ।

नेपालको विश्वकप यात्रा

नेपालले सन् २०२४ को विश्वकपमा सहभागिता जनाएको आधारमा यस पटक सिधै विश्वकप छनोट खेल्ने अवसर प्राप्त गरेको थियो । छनोट प्रतियोगिताका सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो ।

नेपाल रहेको समूह ‘बी’ मा कुवेत र जापान थिए । नेपाल सहजै सुपर सिक्समा पुग्ने अनुमान गरिएको थियो । भयो पनि त्यस्तै । कुवेतलाई ५८ रन र जापानलाई ५ विकेट हराउँदै समूह विजेताका रूपमा नेपाली टोली सुपर सिक्समा पुग्यो । २ अंक बोनससहित नेपाल सुपर सिक्समा पुगेको हो ।

ओमानविरुद्ध इाटिङ गर्दै कुशल भुर्तेल(१४ नम्बर जर्सी) र आसिफ शेख तस्विरः क्यान । 

सुपर सिक्सका सुरुआती दुई खेलमा भने नेपालले जितका लागि निकै संघर्ष गर्नुपर्यो । नेपालले युएईसँग १ र कतारसँग ५ रनको संघर्ष र रोमाञ्च जित दर्ता गरेको थियो । अन्तिम दुई खेलमा भने नेपालले खासै संघर्ष गर्नु परेन । टाेलीले सुपर सिक्सको तेस्रो खेलमा ओमानलाई ३८ रन तथा अन्तिम खेलमा सामाओलाई १२४ रनले पराजित गर्याे । 

ब्याटिङमा समस्या

ब्याटिङ नेपालको परम्परागत समस्या हो । यसपालि पनि उक्त समस्या प्रस्टै देखिएको थियो । नेपाली ब्याटरले ओमान र सामाओबाहेक अन्य टोलीसँग खुलेर ब्याटिङ गर्न सकेनन् । नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले समान २ तथा  दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले समान १ अर्धशतक प्रहार गरेका थिए । प्रतियोगितामा कुशल भुर्तेलले नेपालका लागि सर्वाधिक २०७ रन प्रहार गरे।

उत्कृष्ट बलिङ र फिल्डिङ

बलिङ र फिल्डिङ नेपालको बलियो पक्ष हो । यो प्रतियोगितामा पनि नेपालले उत्कृष्ट बलिङ र फिल्डिङको मद्दतमा हारको मुखमा पुगिसकेको खेल पनि आफ्नो पक्षमा पारेको छ ।

युएईविरुद्ध अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरेपछि नेपाली टोली हारबाट जोगिएको थियो । युएईलाई १० रन चाहिएको अवस्थामा दीपेन्द्रले मात्र ८ रन खर्चिए । यो ओभरमा ३ विकेट झरेको थियो । 

विकेट लिएपछि खुसीयाली मनाउँदै दीपेन्द्रसिंह ऐरी र गुल्शनकुमार झा( १५ नम्बर जर्सी) तस्विरः क्यान । 

यस्तै कतारविरुद्ध स्पिनर सन्दीप लामिछानेले प्रभावशाली बने । उनी एक्लैले ५ विकेट लिए । त्यसमा अन्तिम ओभरमा ४ रन दिएर २ विकेट लिनु टोलीका लागि थप विशेष रह्यो ।

समूह चरणमा कुवेत र जापानविरुद्ध दीपेन्द्रसिंहले गरेको रनआउटले राम्रो चर्चा पाएको थियो । उनले त्यसलाई ओमानविरुद्ध पनि कायम राखे । नेपालबाट सन्दीपले सर्वाधिक १२ विकेट लिए ।

विश्वकपमा नेपालको प्रदर्शन

नेपालले दुई पटक आइसिसी ट्वान्टी-२० विश्वकप खेलिसकेको छ । नेपालले ७ खेल खेल्दा २ जित र ४ हारको नतिजा निकाल्दा १ खेल भने विना नतिजा टुंगिएको छ ।

नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकपम खेलेको हो । जहाँ नेपालले तीन खेल खेल्दा २ जित र १ हारको नतिजा निकाल्यो । नेपालले हङकङ र अफगानिस्तानलाई क्रमशः ८० र ९ रनले पराजित गर्दा टेस्ट राष्ट्र बंगलादेशसँग ८ विकेटको हार बेहोरेको थियो ।

त्यसपछि नेपाललाई विश्वकपमा पुनरागमन गर्न एक दशक लाग्यो । सन् २०२४ मा दोस्रो पटक विश्वकपमा सहभागिता जनाएको नेपाल जितविहीन बन्यो । नेपालले नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकासँग एक रन र बंगलादेशसँग २१ रनको हार बेहोरेको थियो । श्रीलंकासँगको खेल भने वर्षाका कारण हुन सकेन ।