फाल्गुन २४, २०८२ आइतबार | १६:०९:१७
क्यान अध्यक्ष चन्द पराजित विश्वकपको उपाधीका लागि न्युजिल्याण्ड र भारत खेल्दै सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? क्यान अध्यक्ष चन्द पराजित विश्वकपको उपाधीका लागि न्युजिल्याण्ड र भारत खेल्दै सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ?

नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्वकपमा

काठमाडौं । ‘हामीले प्रतियोगितामा सोचे अनुसारको सुरुआत गर्न सकेनौ । विशेषगरी ब्याटिङमा । तर पछिल्ला दुई खेल सहज भयो । समग्रमा भन्नुपर्दा प्रतियोगिता उत्कृष्ट रह्यो । सबैले आ आफ्नो ठाउँमा उत्कृष्ट प्रदर्शन गरेका ले नै हामीले यो सफलता हात पारेका हौ,’ विश्वकप छनोटमा च्याम्पिन बनेपछि नेपालका कप्तान रोहितकुमार पौडेलले भनेका थिए ।

कप्तान रोहितले भने जस्तै एसिया तथा इस्ट एसिया प्यासिफक छनोटका हरेक खेलमा फरक फरक खेलाडीले टोलीका लागि उत्कृष्ट प्रदर्शन गरे । प्रतियोगितामा कुशल भुर्तेल दुई तथा गुल्शनकुमार झा, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र आसिफ शेख झा समान एक पटक ‘प्लेयर अफ द म्यान’ घोषित भए ।

उत्कृष्ट प्रदर्शन गरेको नेपालका लागि ओमानमा सम्पन्न एसिया तथा इस्ट एसिया प्यासिफक छनोट लागि विशेष रह्यो । विषेश यस कारण नेपालले पहिलो पटक च्याम्पियनका रूपमा विश्वकप यात्रा तय गरेको हो । त्यो पनि अपराजित रहँदै । नेपालले छनोटका ६ वटै खेल आफ्नो पक्षमा पार्यो ।

लगातार तेस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुगेको नेपालले यसअघि छनोटको तेस्रो स्थानामा रहेर सन् २०१४ को विश्वकप खेलेको थियो । यस्तै टोली उपविजेताका रूपमा सन् २०२४ को विश्वकपका लागि छानिएको थियो ।

नेपालको विश्वकप यात्रा

नेपालले सन् २०२४ को विश्वकपमा सहभागिता जनाएको आधारमा यस पटक सिधै विश्वकप छनोट खेल्ने अवसर प्राप्त गरेको थियो । छनोट प्रतियोगिताका सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो  ।

नेपाल रहेको समूह ‘बी’ मा कुवेत र जापान थिए । नेपाल सहजै सुपर सिक्समा पुग्ने अनुमान गरिएको थियो । भयो पनि त्यस्तै । कुवेतलाई ५८ रन र जापानलाई ५ विकेट हराउँदै समूह विजेताका रूपमा नेपाली टोली सुपर सिक्समा पुग्यो । २ अंक बोनससहित नेपाल सुपर सिक्समा पुगेको हो ।

सुपर सिक्सका सुरुआती दुई खेलमा भने नेपालले जितका लागि निकै संघर्ष गर्नुपर्यो । नेपालले युएईसँग एक र कतारसँग पाँच रनको संघर्ष र रोमाञ्च जित दर्ता गरेको थियो ।

अन्तिम दुई खेलमा भने नेपालले खासै संघर्ष गर्नु परेन । टोलीले सुपर सिक्सको तेस्रो खेलमा ओमानलाई ३८ रन तथा अन्तिम खेलमा सामाओलाई १२४ रनले पराजित गर्यो । a


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||