माघ ४, २०८२ आइतबार | ०८:२१:१०
रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी

नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्वकपमा

काठमाडौं । ‘हामीले प्रतियोगितामा सोचे अनुसारको सुरुआत गर्न सकेनौ । विशेषगरी ब्याटिङमा । तर पछिल्ला दुई खेल सहज भयो । समग्रमा भन्नुपर्दा प्रतियोगिता उत्कृष्ट रह्यो । सबैले आ आफ्नो ठाउँमा उत्कृष्ट प्रदर्शन गरेका ले नै हामीले यो सफलता हात पारेका हौ,’ विश्वकप छनोटमा च्याम्पिन बनेपछि नेपालका कप्तान रोहितकुमार पौडेलले भनेका थिए ।

कप्तान रोहितले भने जस्तै एसिया तथा इस्ट एसिया प्यासिफक छनोटका हरेक खेलमा फरक फरक खेलाडीले टोलीका लागि उत्कृष्ट प्रदर्शन गरे । प्रतियोगितामा कुशल भुर्तेल दुई तथा गुल्शनकुमार झा, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र आसिफ शेख झा समान एक पटक ‘प्लेयर अफ द म्यान’ घोषित भए ।

उत्कृष्ट प्रदर्शन गरेको नेपालका लागि ओमानमा सम्पन्न एसिया तथा इस्ट एसिया प्यासिफक छनोट लागि विशेष रह्यो । विषेश यस कारण नेपालले पहिलो पटक च्याम्पियनका रूपमा विश्वकप यात्रा तय गरेको हो । त्यो पनि अपराजित रहँदै । नेपालले छनोटका ६ वटै खेल आफ्नो पक्षमा पार्यो ।

लगातार तेस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुगेको नेपालले यसअघि छनोटको तेस्रो स्थानामा रहेर सन् २०१४ को विश्वकप खेलेको थियो । यस्तै टोली उपविजेताका रूपमा सन् २०२४ को विश्वकपका लागि छानिएको थियो ।

नेपालको विश्वकप यात्रा

नेपालले सन् २०२४ को विश्वकपमा सहभागिता जनाएको आधारमा यस पटक सिधै विश्वकप छनोट खेल्ने अवसर प्राप्त गरेको थियो । छनोट प्रतियोगिताका सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो  ।

नेपाल रहेको समूह ‘बी’ मा कुवेत र जापान थिए । नेपाल सहजै सुपर सिक्समा पुग्ने अनुमान गरिएको थियो । भयो पनि त्यस्तै । कुवेतलाई ५८ रन र जापानलाई ५ विकेट हराउँदै समूह विजेताका रूपमा नेपाली टोली सुपर सिक्समा पुग्यो । २ अंक बोनससहित नेपाल सुपर सिक्समा पुगेको हो ।

सुपर सिक्सका सुरुआती दुई खेलमा भने नेपालले जितका लागि निकै संघर्ष गर्नुपर्यो । नेपालले युएईसँग एक र कतारसँग पाँच रनको संघर्ष र रोमाञ्च जित दर्ता गरेको थियो ।

अन्तिम दुई खेलमा भने नेपालले खासै संघर्ष गर्नु परेन । टोलीले सुपर सिक्सको तेस्रो खेलमा ओमानलाई ३८ रन तथा अन्तिम खेलमा सामाओलाई १२४ रनले पराजित गर्यो । a


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate