काठमाडौं । भारतविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली अस्ट्रेलिया डकवर्थ लुइस (डिएलएस) पद्धतिका आधारमा सात विकेटको विजयी भएको छ ।
जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल बिहीबार हुनेछ ।
पर्थ रंगशालामा भारतले प्रस्ततु गरेको १३१ रनको लक्ष्य अस्ट्रेलियाले २१.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । वर्षाले प्रभावित खेललाई २६ ओभरमा झारिएको थियो ।
अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्शले अविजित ४५, जोश फिलिप्सले ३७ र म्याट रेन्शोले अविजित २१ रन बनाए ।
चौथो विकेटका लागि मार्श र फिलिप्सबीच ५५ रनको साझेदारी भएको थियो । भारतका लागि अर्शदीप सिंह, अक्षर पटेल र वासिङ्टन सुन्दरले समान एक विमेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २६ ओभरमा ९ विकेट गुमाउँदै १३६ रनको योगफल तयार पारेको थियो ।
भारतका लागि केएल राहुलले ३८, अक्षर पटेलले ३१, नितिशकुमार रेड्डीले अविजित १९, श्रेयस अय्यरले ११ तथा वासिङ्टन सुन्दर र कप्तान शुभमन गिलले समान १० रन बनाए ।
अस्ट्रेलियाका लागि म्याथ्यू कुह्नेम्यान, जोश हेजलउड र मिचेल ओवेनले समान दुई तथा मिचेल स्टार्च र नाथन एलिसले समान एक विकेट लिए ।