कार्तिक २, २०८२ आइतबार | ००:३९:४६
चेल्सीको सहज जित विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली भलिबलले पायो १२औं कप्तान हरिहजुर मीना र पूर्णिमा पहिलो पटक राष्ट्रिय टोलीमा, अटाएनन् अमृतासहित तीन अनुभवी खेलाडी चेल्सीको सहज जित विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली भलिबलले पायो १२औं कप्तान हरिहजुर मीना र पूर्णिमा पहिलो पटक राष्ट्रिय टोलीमा, अटाएनन् अमृतासहित तीन अनुभवी खेलाडी

विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।

शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले फेसबुकमार्फत युएईमा हुने शृंखलाका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेका हुन् ।

ट्वान्टी-२० राष्ट्रिय टोलीबाट तीन खेलाडी फेरिएका छन् ।। मुख्य प्रशिक्षक स्टुअर्ट लले सन्दीप जोरा, लोकेश बम र मोहम्मद आदिल आलमलाई प्रतिस्थापन गर्दै अनिल शाह, भीम सार्की र साहब आलमलाई टोलीमा बोलाएका छन् ।

२६ अक्टोबर देखि सुरु हुने शृंखलामा नेपालले घरेलु टोलीसँगै अमेरिकासँग दुई लेग खेल्ने तालिका छ । शृंखला नोभेम्बर ६ सम्म चल्नेछ ।

लिग-२ को अंकतालिकामा नेपाल अहिले १२ खेलमा १६ अंक जोड्दै सातौं स्थानमा छ । समान खेलबाट मात्र ६ अंक जोडेको युएई पुछारमा रहँदा अमेरिका २० खेलबाट २८ अंक जोड्दै दोस्रो स्थानमा छ ।

लिग-२ मा प्रत्येक टोलीले कूल ९ शृंखलामा कूल ३६ खेल खेल्नेछन् । शीर्ष चारमा रहने टोलीले सोझै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् भने अन्तिम चारमा रहने टोलीले भने छनोट चरणको प्लेअफ खेल्नुपर्नेछ ।

नेपाली टोली
कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अनिल शाह, शाहब आलम, भीम सार्की, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, नन्दन यादव, ललितनारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने


भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल