काठमाडौं । फ्रेन्च फरवार्ड किलियन एमबाप्पको निर्णायक गोलमा रियाल मड्रिडले स्पेनिस ला लिगामा आइतबार घरेलु टोली गेटाफेविरुद्ध १-० को कठिन जित दर्ता गरेकाे छ ।
जितसँगै ९ खेलमा २४ अंक जोडेको रियाल शीर्ष स्थानमा उक्लिएको छ । पराजित गेटाफे समान खेलबाट ११ अंकका साथ १२औं स्थानमा छ ।
कोलिसियुम रंगशालामा खेलको ७७औं मिनेटमा रक्षक एलन नयोमले दोहोरो रातो कार्ड बेहोर्दै मैदान छाडेपछि गेटाफा १० खेलाडीमा समेटिएको थियो ।
एमबाप्पले ८०औं मिनेटमा गरेको गोल रियाललाई स्पष्ट तीन अंक दिलाउन पर्याप्त बन्यो । उनले आर्दा गुलरले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिएका थिए ।
निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा स्ट्राइकर एलेक्स सान्क्रिसले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि गेटाफे ९ खेलाडीमा समेटिएको थियो ।
भिडियो
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल