फाल्गुन १७, २०८२ आइतबार | १५:१६:०८
महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी दोस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी दोस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू

आइसीसी ट्वान्टी-२० विश्वकप छनोटः नेपाललाई ओमानको चुनाैती

फाइल तस्विर ।

काठमाडौं । सन् २०२३ नेभेम्बर ५ सायद नेपाली किक्रेट समर्थकले यो मितिलाई भुलेका छैनन् । किनिकी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको फाइनलमा नेपाल सुपर ओभरमा पराजित भएको थियो । र नेपालको प्रतिद्धन्द्धी थियो ओमान ।

यस खेल अघि नै नेपालले विश्वकपको यात्रा तय गरिसकेकाले यो हारले खासै असर नगरे पनि नेपाली क्रिकेट समर्थकलाई यादगार क्षण भने दियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८४ रन बनाएको थियो । जवाफमा ओमनले पनि १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा भने २२ रनको लक्ष्य पछ्याएको नेपालले मात्र १० रन बनाउन सक्यो । 

यो प्रसंग किन गरिएको हो भने, नेपालले बुधबार आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा घरेलु टोली ओमानको समाना गर्दैछ । 

खेल ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ । दुई अपराजित टोलीविरुद्धको यो खेल निकै रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।

यो खेलले अर्को वर्ष हुने ट्वान्टी-२० विश्वकपमा पुग्ने एउटा टोलीको टुंगो लगाउने छ । त्यसैले लगातार चौथो जित दर्ता गरेको नेपाल ओमानविरुद्ध पनि त्यसलाई कायम राख्दै एक खेल अगावै विश्वकपमा स्थान पक्का गर्न चहान्छ । 

रोहितकुमार पौडेको कप्तानीमा रहेको नेपालले समूह चरणमा कुवेत र जापान तथा सुपर सिक्समा युएई र कतारलाई हराएको थियो । 

नेपाललाई सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, गुल्शनकुमार झाजस्ता खेलाडीको साथ रहनेछ । 

कतारविरुद्धको पछिल्लो खेलमा सन्दीपले पाँच विकेट लिँदा दीपेन्द्रले २६ रन बनाएका थिए । 

यता ओमान पनि घरेलु मैदानको फाइदा उठाउँदै आफ्नो विजयी यात्रालाई कायम राख्दै विश्वकपका स्थान बनाउने लक्ष्यमा छ । ओमानले समूह चरणमा पपुवा न्योगिनी र सामोआ तथा सुपर सिक्समा  कतार र युएईलाई पराजित गरेको थियो । 

जितेन्द्र सिंहको कप्तानीमा रहेको ओमान नदिम खान, मोहम्मद नदिम, सकिल अहमदजस्ता खेलाडीका साथ मैदान उत्रिनेछ । 

युएईविरुद्धको पछिल्लो खेलमा खानले अविजित ३० रन बनाएका थिए ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपाल र ओमानबीच आठ खेल भएका छन् । जसमा नेपाल पाँच र ओमान तीन खेलमा विजयी भएका छन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||