माघ १, २०८२ बिहीबार | ०६:५७:४७
राहुल र मिचेलको सतक, न्युजिल्यान्डले भारतलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तानविरुद्ध माल्दिभ्सको फराकिलो जित साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै राहुल र मिचेलको सतक, न्युजिल्यान्डले भारतलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तानविरुद्ध माल्दिभ्सको फराकिलो जित साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै

आइसीसी ट्वान्टी-२० विश्वकप छनोटः नेपाललाई ओमानको चुनाैती

फाइल तस्विर ।

काठमाडौं । सन् २०२३ नेभेम्बर ५ सायद नेपाली किक्रेट समर्थकले यो मितिलाई भुलेका छैनन् । किनिकी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको फाइनलमा नेपाल सुपर ओभरमा पराजित भएको थियो । र नेपालको प्रतिद्धन्द्धी थियो ओमान ।

यस खेल अघि नै नेपालले विश्वकपको यात्रा तय गरिसकेकाले यो हारले खासै असर नगरे पनि नेपाली क्रिकेट समर्थकलाई यादगार क्षण भने दियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८४ रन बनाएको थियो । जवाफमा ओमनले पनि १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा भने २२ रनको लक्ष्य पछ्याएको नेपालले मात्र १० रन बनाउन सक्यो । 

यो प्रसंग किन गरिएको हो भने, नेपालले बुधबार आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा घरेलु टोली ओमानको समाना गर्दैछ । 

खेल ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ । दुई अपराजित टोलीविरुद्धको यो खेल निकै रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।

यो खेलले अर्को वर्ष हुने ट्वान्टी-२० विश्वकपमा पुग्ने एउटा टोलीको टुंगो लगाउने छ । त्यसैले लगातार चौथो जित दर्ता गरेको नेपाल ओमानविरुद्ध पनि त्यसलाई कायम राख्दै एक खेल अगावै विश्वकपमा स्थान पक्का गर्न चहान्छ । 

रोहितकुमार पौडेको कप्तानीमा रहेको नेपालले समूह चरणमा कुवेत र जापान तथा सुपर सिक्समा युएई र कतारलाई हराएको थियो । 

नेपाललाई सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, गुल्शनकुमार झाजस्ता खेलाडीको साथ रहनेछ । 

कतारविरुद्धको पछिल्लो खेलमा सन्दीपले पाँच विकेट लिँदा दीपेन्द्रले २६ रन बनाएका थिए । 

यता ओमान पनि घरेलु मैदानको फाइदा उठाउँदै आफ्नो विजयी यात्रालाई कायम राख्दै विश्वकपका स्थान बनाउने लक्ष्यमा छ । ओमानले समूह चरणमा पपुवा न्योगिनी र सामोआ तथा सुपर सिक्समा  कतार र युएईलाई पराजित गरेको थियो । 

जितेन्द्र सिंहको कप्तानीमा रहेको ओमान नदिम खान, मोहम्मद नदिम, सकिल अहमदजस्ता खेलाडीका साथ मैदान उत्रिनेछ । 

युएईविरुद्धको पछिल्लो खेलमा खानले अविजित ३० रन बनाएका थिए ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपाल र ओमानबीच आठ खेल भएका छन् । जसमा नेपाल पाँच र ओमान तीन खेलमा विजयी भएका छन् ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||