माघ १, २०८२ बिहीबार | ०६:५७:४७
राहुल र मिचेलको सतक, न्युजिल्यान्डले भारतलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तानविरुद्ध माल्दिभ्सको फराकिलो जित साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै राहुल र मिचेलको सतक, न्युजिल्यान्डले भारतलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तानविरुद्ध माल्दिभ्सको फराकिलो जित साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै

ट्वान्टी-२० विश्वकप छनोटः कतारविरुद्ध सजग नेपाल

फाइल तस्विर ।

काठमाडौं ।  नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा सोमबार कतारको सामना गर्दा पक्कै पनि नेपाली क्रिकेटप्रेमीलाई सन् २०१९ जुन २३ को याद आउने छ । किनभने यो दिन नेपाली क्रिकेट टोली आफ्नो अन्तर्राष्ट्रिय यात्रामा सबैभन्दा अनेपेक्षित हार ब्यहोरेको थियो । र नेपाललाई माथ दिने टोली थियो कतार ।

आइसिसी ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र कतार प्रतिस्पर्धा गरिहेका थिए । यी दुवै टोली पहिलो पटक आमने सामने भएका थिए ।

सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा भएको खेलअघि सायद सबैले सोचेका थिए । खेल नेपालले सहजै आफ्नो पक्षमा पार्नेछ । विश्व क्रिकेटमा आफूलाई उदीयमान टोलीका रूपमा स्थापित गरिरहेको नेपाल र भर्खरै अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चाल्दै गरेको कतारविरुद्धको खेलमा यो अनुमान गलत पनि थिएन । तर सबैलाई आश्चर्यमा पार्दै खेल कतारले जितेकाे थियो । 

नेपालले प्रस्तुत गरेको १२३ रनको लक्ष्य कतारले चार बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । 

त्यसयता यी दुईबीच भएका दुई खेल भने नेपालले आफ्नो पक्षमा पारेको छ । नेपालले गत वर्ष एसिसी प्रिमियर कपमा ३२ रन तथा यसै वर्ष हङकङमा भएको चारदेशसम्मिलित अन्तर्राष्ट्रिय शृंखलमा आठ विकेटको जित निकालेको छ । 

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा सोमबार उच्च लयमा रहेको नेपाल संघर्षरत कतारसँग सजक भने रहनेछ । टोलीले प्रतिपक्षलाई कमजोर आँक्ने गल्ती गर्नेछैन । 

नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताका कुनै पनि टोलीलाई कमाजोर नठान्ने बताउँछन् । ‘हामीले बाँकी खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । सबै खेल प्रतिस्पर्धात्मक हुनेछन् । कुनै पनि टोलीलाई कमाजोर ठान्ने गल्ती गर्नेछैनौं । हाम्रो लक्ष्य सबै खेल जितेर विश्पकपमा पुग्नु हो,’ दीपेन्द्रले युएईविरुद्धको खेलपछि भनेका थिए । 

प्रतियोगितामा नेपालले हालसम्म खेलका तीन वटै खेलमा जित दर्ता गरेको छ ।  समूह चरणमा कुवेतलाई ५८ रन र जापानलाई पाँच विकेटले पराजित गरेको थियो । यसैगरी टोलीले सुपर सिक्सको पहिलो खेलमा चिरपरिचित प्रतिद्धन्द्धी युएईविरुद्ध एक रनको रोमाञ्चक जित दर्ता गरेको थियो । 

रोहितकुमार पौडेलेको कप्तानमा रहेको नेपाल सुपर सिक्समा लगतार दोस्रो जितसँगै विश्वकपमा पुग्ने सम्भावनालाई अझै बलियो बनाउ चहान्छ ।

यता मिर्जा मोहम्मद बेगको कप्तानीमा कतारले तीन खेलमा दुई हार र एक जितको नतिजा निकालेको छ । समूह चरणमा युएईसँग सात विकेटको हार बेहोरेको कतारले मलेसियालाई आठ विकेटले हराएको थियो ।

यसैगरी टोली सुपर सिक्सको पहिलो खेलमा घरेलु टोली ओमानसँग ३४ रनले पराजित भएको थियो । कतार नेपालविरुद्ध जित निकाल्दै विश्वकमा छनोट हुने सम्भावनालाई जिवितै राख्ने सोचमा छ ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||