काठमाडौं । आगामी वर्ष नेपालमा हुने आइसिसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटकामा सहभागी हुने सबै टोलीको टुङ्गो लागेको छ।
सोमबार सम्पन्न इस्ट एसिया-प्यासिफिक छनोटको च्याम्पियन बन्दै पपुवा न्युगिनीले अन्तिम स्थान सुनिश्चित गरेको हो । अब ग्लोबल छनोटमा नेपाल (आयोजक), आयरल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड्स, थाइल्यान्ड, अमेरिका, जिम्बावे, बंगलादेश, नामिबिया र पपुवा न्युगिनी गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल र थाइल्यान्ड एसिया, नेदरल्यान्ड्स र स्कटल्यान्ड युरोप, जिम्बाबे र नामिबिया अफ्रिका, अमेरिकाले अमेरिकी क्षेत्रको छनोट पार गरेर ग्लोबल छनोट पुगेका हुन् । यसैगरी बंगलादेश र आयरल्यान्डले सिधै ग्लोबल छनोट खेल्दैछन् ।
बंगलादेश र स्कटल्याण्ड गत संस्करणको विश्वकप खेलेका आधारमा सोझै ग्लोबल छनोटमा प्रवेश गरेका हुन् ।
छनोट आगामी जनवरी १२ देखि फेब्रुअरी ५ सम्म हुनेछ । प्रतियोगिताबाट शीर्ष चार टोली आगामी वर्ष इङ्ल्यान्डमा र वेल्समा हुने महिला ट्वान्टी-२० विश्वकपका लागि छानिने छन् ।