काठमाडौं । पाकिस्तानले अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलको पहिलो खेलमा घरेलु टोली वेस्ट इन्डिजविरुद्ध १४ रनको जित निकालेको छ ।
जितसँगै पाकिस्तानले तीन खेलकोे शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार हुनेछ ।
शुक्रबार सेन्ट्रल ब्रोवार्ड रिजिनल पार्क रंगशालाका टर्फ मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १६४ रनमात्रै बनाउन सक्यो ।
वेस्ट इन्डिजका लागि जेनस चार्ल्स र ज्वेल एन्ड्रयुले समान ३५, जेसन होल्डरले अवजित ३०, शमर जोसेफले अविजित २१, रोमारियो शेफर्डले १२ र शेर्फन रादरफोर्डले ११ रन बनाए ।
पहिलो विकेटका लागि चार्ल्स र एन्ड्रयुले ७२ रनको साझेदारी गरेका थिए । पाकिस्तानका लागि मोहम्मद नवाजले तीन, सइम अयुबले दुई तथा शहिन शाह अफ्रिदी र सुफियान मुकिमले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्र्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७८ रनको योगफल तयार पारेको थियो ।
पाकिस्तानका लागि सइम अयुबले ३८ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५७ रनको योगदान गरे । यसैगरी फखर जमानले २८, हसन नवाजले २४, फहिम असरफले १५, शाहिदजादा फरहानले १४ र कप्तान सलमा अघाले अविजित ११ रन बनाए ।
दोस्रो विकेटका लागि अयुब र जमानबीत ८१ रनको साझेदारी भएको थियो । वेस्ट इन्डिजका लागि शमर जोसेफले तीन तथा जेसन होल्डर अकिल हुसेन र रोमारियो शेफर्डले समान एक विकेट लिए ।