श्रावण १, २०८२ बिहीबार | ०१:५३:४७
एसपीए र सुदूरपश्चिमबीचको साझेदारी थप दुई वर्ष मनाङले पुलिसलाई रोक्यो भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त फ्रेन्ड्सले अंक दूरी घटाउने अवसर गुमायो, हिमालयन शेर्पासँग खेल्यो बराबरी आशिषको चित्त दुखाई: भन्छन्,‘उचित रिह्याब पाइँन’ सातदोबाटोको लगातार पाँचौं हार, चर्च ब्वाइज आठौं स्थानमा उक्लियो इसाकप्रति लिभरपुलको चासो राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग श्रीलंकाको पोस्टमा नेपालको सात गोल, स्ट्राइकर मीनाको ह्याट्रिक अस्ट्रेलियामा दीवशलाई स्वर्ण एसपीए र सुदूरपश्चिमबीचको साझेदारी थप दुई वर्ष मनाङले पुलिसलाई रोक्यो भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त फ्रेन्ड्सले अंक दूरी घटाउने अवसर गुमायो, हिमालयन शेर्पासँग खेल्यो बराबरी आशिषको चित्त दुखाई: भन्छन्,‘उचित रिह्याब पाइँन’ सातदोबाटोको लगातार पाँचौं हार, चर्च ब्वाइज आठौं स्थानमा उक्लियो इसाकप्रति लिभरपुलको चासो राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग श्रीलंकाको पोस्टमा नेपालको सात गोल, स्ट्राइकर मीनाको ह्याट्रिक अस्ट्रेलियामा दीवशलाई स्वर्ण

भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त

काठमाडौं । फ्रेन्चाइज क्रिकेट टोली लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव भएकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त गरेको छ ।

बुधबार लुम्बिनीले विज्ञप्ति जारी गर्दै नेपाल क्रिकेट संघ (क्यान)का पूर्व सिइओ घिमिरेलाई नयाँ सिइओमा नियुक्त गरेको जानकारी गराएको हो ।

‘घिमिरे क्रिकेट व्यवस्थापन र नेतृत्वमा दूरदृष्टि भएकी व्यावसायिक व्यक्तित्व हुन् । उनको निुक्तिले लुम्बिनी लायन्सको रणनीतिक योजना, संस्थागत व्यवस्थापन तथा दीर्घकालीन लक्ष्यहरुलाई थप स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘घिमिरेले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत क्रिकेटका कार्यहरुमा महत्वपूर्ण भूमिका निभाएकी छन् । क्रिकेटको सर्वोच्च निकाय– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतियोगिताहरुमा ‘कन्सल्टेन्ट’का रुपमा पनि काम गरिसकेकी छन् । यो नियुक्तिले टिम व्यवस्थापनलाई थप सृद्दढ बनाउने विश्वास लुम्बिनी लायन्सले लिएको छ । साथै उनको नियुक्तिले खेलाडीको विकास र टिमको प्रदर्शनमा सकारात्मक प्रभाव पार्नेछ ।’

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले घिमिरेको अनुभव र नेतृत्व क्षमताले टोलीलाई नयाँ उचाइमा पुर्याउने बताएका छन् ।

‘हामी उहाँलाई लायन्स परिवारमा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित छौं,’ जिसीले भने, ‘उनको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समपंणले लायन्सलाई नयाँ उचाइमा पुर्याउनेछ भन्ने विश्वास हामीले लिएका छौं ।’

नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो सिजन लुम्बिनीले बिर्सनलायक प्रदर्शन गरेको थियो । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनी सात खेलमा मात्र एक खेल जितेको थियो । तालिकाको पुछारमा रहँदै पहिलो चरणबाटै बाहिरिएको लुम्बिनीले यसपालि पनि मार्कीमा रोहितलाई नै निरन्तरता दिएको छ ।


भिडियो
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA