श्रावण १, २०८२ बिहीबार | ११:४५:०८
सावित्राको नयाँ यात्रा न्युजिल्यान्ड वेलिंघमले सिजनको सुरुका खेल गुमाउने कोपिला मधेशको प्रशिक्षकमा नियुक्त एसपीए र सुदूरपश्चिमबीचको साझेदारी थप दुई वर्ष मनाङले पुलिसलाई रोक्यो भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त फ्रेन्ड्सले अंक दूरी घटाउने अवसर गुमायो, हिमालयन शेर्पासँग खेल्यो बराबरी आशिषको चित्त दुखाई: भन्छन्,‘उचित रिह्याब पाइँन’ सातदोबाटोको लगातार पाँचौं हार, चर्च ब्वाइज आठौं स्थानमा उक्लियो इसाकप्रति लिभरपुलको चासो सावित्राको नयाँ यात्रा न्युजिल्यान्ड वेलिंघमले सिजनको सुरुका खेल गुमाउने कोपिला मधेशको प्रशिक्षकमा नियुक्त एसपीए र सुदूरपश्चिमबीचको साझेदारी थप दुई वर्ष मनाङले पुलिसलाई रोक्यो भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त फ्रेन्ड्सले अंक दूरी घटाउने अवसर गुमायो, हिमालयन शेर्पासँग खेल्यो बराबरी आशिषको चित्त दुखाई: भन्छन्,‘उचित रिह्याब पाइँन’ सातदोबाटोको लगातार पाँचौं हार, चर्च ब्वाइज आठौं स्थानमा उक्लियो इसाकप्रति लिभरपुलको चासो

मनाङले पुलिसलाई रोक्यो

काठमाडौं । एन्फा यु–१६ युथ लिगमा मनाङ मर्स्याङ्दी र विभागीय टोली नेपाल पुलिस क्लबबीचले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

बुधबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको तेस्रो खेलमा दुबै टोलीले केही राम्रा अवसर सृजना गरेपनि गोल भने गर्न सकेनन् ।

बराबरीलाई दुबै टोलीलाई घाटा पुग्दा शीर्ष स्थानको मछिन्द्र क्लबलाई फाइदा पुगेको छ । यो नतिजाले पुलिसले दुई अंकको स्पष्ट अग्रता लिँदै शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । पाँच खेलमा पुलिस र मछिन्द्रको समान १३ अंक भएतापनि गोल भिन्नतामा मछिन्द्र अगाडि छ । समान खेलमा ११ अंक जोड्दै मनाङ तेस्रो स्थानमा छ ।

दिनको दोस्रो खेलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पाले पनि गोलरहित बराबरी खेल्यो । बराबरीसँगै फ्रेन्ड्सले शीर्ष स्थानका दुई टोली मछिन्द्र क्लब र नेपाल पुलिस क्लबसँग अंक दूरी घटाउने अवसर गुमायो । तीन जित, एक हार र एक बराबरीसहित १० अंक जोडेको फ्रेन्ड्स हालका लागि तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पाँच खेलमा १३ अंकका मछिन्द्र शीर्ष स्थानमा छ । त्यस्तै एक खेल कम खेलेको पुलिस १२ अंकसहित दोस्रो स्थानमा छ ।

शेर्पाको यो लगातार दोस्रो बराबरी हो । चौथो चरणको खेलमा शेर्पाले न्युरोड टिम (एनआरटी)सँग ३–३ को रोमाञ्चक बराबरी खेलेको थियो । फ्रेन्ड्ससँगको नतिजासँगै शेर्पाले पनि शीर्ष चारमा उक्लिने अवसर गुमायो । अहिले शेर्पा आठ अंकका साथ छैटौं स्थानमा छ ।

पहिलो खेलमा सातदोबाटो युवा क्लबले साविक विजेता चर्च ब्वाइज युनाइटेडसँग ९–२ को लज्जास्पद हार बेहोर्यो । जितसँगै चर्च ब्वाइज पाँच खेलमा ६ अंक जोड्दै अंकतालिकाको आठौं स्थानमा उक्लिएको छ । सातदोबाटोले अहिलेसम्म एक खेल पनि जितेको छैन ।

बिहीबार लिगमा तीन खेल हुनेछन् । पहिलो खेलमा विभागीय टोलीद्धय त्रिभुवन आर्मी र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेड र संकटा एफसी भिड्नेछन् । तेस्रो खेलमा श्री भगवती क्लब र एनआरटी आमने–सामने हुनेछन् ।


भिडियो
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA