काठमाडाैं । नेपाल भेटनरी संघको आयोजनामा ‘राइट टु प्रोटिन’ दौडको तेस्रो संकरणमा ७०१९ जनाले सहभागिता जनाउने भएका छन् ।
चैत १० गते हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको दौड विभिन्न स्थान हुँदै सोही ठाउँमा आएर सकिने छ ।
प्रतियोगितामा खुल्ला हाफ म्याराथन, १० किमि पुरुष, ५ किमि महिला, कक्षा १२ सम्म विद्यार्थीका लागि ५ किमि (छात्र) र ३ किमि (छात्रा) र ह्विलचियर दौड समावेश छ ।
कुल १४ लाख १२ हजार ५०० पुरस्कार रहेको प्रतियोगितामा हाफ म्याराथनतर्फको विजेताले १ लाख ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी शीर्ष पाँचसम्मका खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।
गत संस्करणमा महिलातर्फ फुलमती राना र पुरुषतर्फ दिनेश अधिकारी च्याम्पियन बनेका थिए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा युनाइटेड स्टेट सोयाबिन एक्पोर्ट काउन्सिल छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) संरक्षक रहेको प्रतियोगितालाई नेपाल दाना संघ र पशु सेवा विभागले सहयोग गरेका छन् ।
नेपाल एथ्लेटिक्स संघको मान्यता तथा प्रविधिक सहयोग रहने प्रतियोगितासँग प्रिमेरा हस्पिटल, इ सेवा आइएसएस, मेरियट होटेल, ‘फायरफिल्ड बाइ मेरियट’, केवी एग्रो पार्टनरका रूपमा जोडिएका छन् ।