चैत्र १०, २०८२ मंगलबार | १८:४१:११
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

अन्तर्राष्ट्रिय पदक विजेता धावक सम्मानित

सम्मानित धावक ।

काठमाडौं । प्रयास मञ्च नेपालले सोमबार अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।

नोभेम्बर १६ र १७ मा भारतको पश्चिम बंगालस्थित कुचविहारमा भएको प्रतियोगितामा नेपाली भेट्रान धावकले आठ स्वर्ण, चार रजत र दुई कांस्य गरि १४ पदक जितेका थिए ।

बुद्धवीर लामाले ६५ वर्षमाथिको १० हजार मिटर, धर्म महर्जनले ५०-५५ वर्षको ४००, ५ हजार र १० हजार मिटर तथा पुष्पलाल श्रेष्ठले ६५ वर्षमाथिको ५ हजार मिटर दौडमा स्वर्ण पदक जिते । पुष्पलालले १० हजार मिटर दौडमा पनि रजत पदक पदक जितेका थिए ।

यसैगरी कपिल भट्टले ५०-५५ वर्षको कपिल २०० दौडमा रजत र ५ हजार मिटर दौडमा कांस्य तथा महेन्द्र बज्रचार्यले ४५-५० वर्षको १० हजार मिटर दौडमा कांस्य पदक प्राप्त गरेका थिए ।

राकेश महर्जनले ४०-४५ वर्षको १ हजार ५००, ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण तथा दिनेश महर्जनले ४०–४५ वर्षको ५ हजार र १० हजार मिटर दौडमा रजत पदक प्राप्त गरेका थिए ।

यसैगरी ४५-५० वर्षको १० हजार मिटर दौडमा सहभागी भइ दौड पूरा गरेका लाक्पा शेर्पा लामा र जहरमान गुरुङ तथा विश्व प्रहरी संगठनबीच भएको विभिन्न दौड प्रतियोगितामा स्वर्ण जितेका निमेश गुरुङ पनि सम्मानित भए ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नाइटिङगेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधान र प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्कीले प्रशंसा पत्रसहित सम्मान गरे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो