माघ १७, २०८२ शनिबार | ११:०३:५८
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

अन्तर्राष्ट्रिय पदक विजेता धावक सम्मानित

सम्मानित धावक ।

काठमाडौं । प्रयास मञ्च नेपालले सोमबार अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।

नोभेम्बर १६ र १७ मा भारतको पश्चिम बंगालस्थित कुचविहारमा भएको प्रतियोगितामा नेपाली भेट्रान धावकले आठ स्वर्ण, चार रजत र दुई कांस्य गरि १४ पदक जितेका थिए ।

बुद्धवीर लामाले ६५ वर्षमाथिको १० हजार मिटर, धर्म महर्जनले ५०-५५ वर्षको ४००, ५ हजार र १० हजार मिटर तथा पुष्पलाल श्रेष्ठले ६५ वर्षमाथिको ५ हजार मिटर दौडमा स्वर्ण पदक जिते । पुष्पलालले १० हजार मिटर दौडमा पनि रजत पदक पदक जितेका थिए ।

यसैगरी कपिल भट्टले ५०-५५ वर्षको कपिल २०० दौडमा रजत र ५ हजार मिटर दौडमा कांस्य तथा महेन्द्र बज्रचार्यले ४५-५० वर्षको १० हजार मिटर दौडमा कांस्य पदक प्राप्त गरेका थिए ।

राकेश महर्जनले ४०-४५ वर्षको १ हजार ५००, ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण तथा दिनेश महर्जनले ४०–४५ वर्षको ५ हजार र १० हजार मिटर दौडमा रजत पदक प्राप्त गरेका थिए ।

यसैगरी ४५-५० वर्षको १० हजार मिटर दौडमा सहभागी भइ दौड पूरा गरेका लाक्पा शेर्पा लामा र जहरमान गुरुङ तथा विश्व प्रहरी संगठनबीच भएको विभिन्न दौड प्रतियोगितामा स्वर्ण जितेका निमेश गुरुङ पनि सम्मानित भए ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नाइटिङगेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधान र प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्कीले प्रशंसा पत्रसहित सम्मान गरे ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।