काठमाडौं । नेपाल भेटनरी संघको आयोजनामा ‘राइट टु प्रोटिन’ दौडको चौथो संकरण आगामी माघ १२ गते हुने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको दौड विभिन्न स्थान हुँदै सोही ठाउँमा आएर सकिने छ ।
प्रतियोगितामा खुल्ला हाफ म्याराथन, १० किमि पुरुष, ५ किमि महिला, कक्षा १२ सम्म विद्यार्थीका लागि ५ किमि (छात्र), ३ किमि (छात्रा) र ह्विलचियर दौड (महिला तथा पुरुष) र बालबालिकाका लागि ‘रन फर फन’ समावेश छ ।
हाफ म्याराथनका शीर्ष पाँचले क्रमशः १ लाख ५०, १ लाख, ७० हजार, ५० हजार र ३० हजार रुपैयाँ पाउने छन् ।
१० किलोमिटर खुला पुरुष दौडमा पहिलोले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
महिलामा पाँच किलोटमिटरतर्फ शीर्ष तीन स्थानमा रहनेलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ प्रदान गरिने छ । चौथोले १० हजार र पाँचौंले पाँच हजार रुपैयाँ पाउने छन् ।
ह्विलचियरतर्फ शीर्ष तीनलाई क्रमशः ३० हजार, २० हजार, १५ हजार रुपैयाँको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको गत वर्षको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारी च्याम्पियन बनेका थिए ।
प्रतियोगितामा किरब ८ हजार जनाको सहभागिता रहने आयोजकको अपेक्षा छ ।