चैत्र ५, २०८२ बिहीबार | ११:५८:२१
मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै

खडक र सन्तोषीलाई नेपालगन्ज म्याराथनको उपाधि

विजेता सन्तोषी श्रेष्ठ (बायाँ) र खडकबहादुर खड्का ।

नेपालगन्ज । नेपाली सेनाका खडकबाहरदुर खड्काले १०औं धारा नेपालगन्ज म्याराथनअन्तर्गत पुरुष म्याराथन तथा धादिङकी सन्तोषी श्रेष्ठले महिला हाफ म्याराथनको उपाधि जितेका छन् ।

खडकले निर्धारित ४२.१९५ किलोमिटरको दौड २ घण्टा १७ मिनेट ४८ सेकेन्डमा पूरा गरे । उनी दोस्रो पटक च्याम्पियन बनेका हुन् ।  गत संस्करण दोस्रो स्थानमा रहेका खड्कले आठौं संस्करणमा उपाधि जितेका थिए ।

म्याराथनमा नेपाली सेनाकै राजन रोकाया र सुशीलकुमार क्रमशः दोस्रो र तेस्रो भए ।  राजनले दुई घण्टा १७ मिनेट ५३ सेकेन्ड तथा सुशीलले २ घण्टा २१ मिनेट ४५ सेकेन्डको समय निकाले । खडक र राजनले नेपालगन्ज म्याराथनको कोर्स किर्तिमान पनि तोडेका छन् ।

उनीहरुले क्रमशः १ लाख, दुई लाख र ५० हजार रुपैयाँ प्राप्त गरे ।  

यसैगरी सन्तोषविक्रम शाही, रुद्र बढाथोकी, मानकर्ण केसी, निर्मल कुँवर, खेमबहादुर शाही, भरतकुमार श्रेष्ठ र मंगले तामाङ चौथोदेखि १०औं स्थानमा  रहे । उनीहरुले क्रमशः  उनीहरुले क्रमशः २५, १५, १०, ८,  ७,  ६ र ५ हजार रुपैयाँ प्राप्त गरे ।

नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भई कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट हुँदै सुरुआती विन्दुमा गएर टुंगिएको थियो ।

यसैगरी सन्तोषीले लगातार चौथो पटक महिला हाफ म्याराथनको उपाधी  जितेकी छन् । यसैगरी पुष्पा भण्डारी दोस्रो र विमला कार्की तेस्रो स्थानमा रहे ।  

सन्तोषीले १ घण्टा १७ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पार गरिन्। पुष्पाले १ घण्टा १९ मिनेट १२ सेकेन्ड तथा विमलाले १  घण्टा ४९ मिनेट १५ सेकेन्डको समय निकाले ।

उनीहरुले क्रमशः नगद ७५, ५० र २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगितामा यी दुईसँगै पाँच किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन, पाँच किमि कर्पोरेट रन, पाँच किमि ट्राइसाइकल र पाँच किमि वाकाथन लगायतका विधाहरु समावेश गरिएको थियो ।

स्कुल बाह्यतर्फ छात्रमा विकास विक, अजय पाण्डे क्षेत्री  र रमेश बुढा शीर्ष तीनमा रहे। स्कुल बाँके छात्रतर्फ अर्विन यादव पहिलो, अमृत शाही दोस्रो र विजय खड्का तेस्रो भए ।

यसैगरी किड्स रन ब्वाइजतर्फ ५०० मिटरमा राजन थारु, नारायण साउद र अरुण खटिक तथा गर्ल्स समनाक्षी साउद, पुजन विराट र अन्जली सेजुवाल शीर्ष तीन स्थान हासिल गरे ।

यसैगरी कर्पोरेट रनतर्फ योगेश मल्ल पहिलो, डा. आरके लामिछाने दोस्रो र मधु सुनार तेस्रो स्थानमा रहे । ट्राइसाइकलतर्फ राजेश हरिजन प्रथम र मीनकुमारी नेपाली दोस्रो भए ।

दशक रत्न सम्मान

नेपालगन्ज म्याराथन आयोजक संस्था क्रियटिभ ह्याण्ड्सले म्यारमथनलाई सुरुवातदेखि निरन्तर सहयोग गर्दै आएका व्यक्ति तथा संस्थाहरुलाई दशक रत्न सम्मानले सम्मानित पनि गरेको छ ।

म्याराथन १० वर्षमा पुगेका अवसरमा उक्त सम्मान अर्पण गरिएको अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । म्याराथनलाई निरन्तर मुख्य प्रायोजन गर्दै आएको केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेड, एञ्जल्स स्कुलका प्रिन्सिपल  वीना मल्ल, ब्राइटल्यान्ड कलेजका प्रिन्सिपल विजय लामा, कान्तिपुर टिभीका सिइओ शिशिर पछाई, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, प्याब्सन बाँके, दैनिक नेपालन्जका प्रधान सम्पादक झलक गैरेलगायतलाई सम्मान गरियो ।

म्याराथन समपान कार्यक्रममै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन पत्र पनि अर्पण गरिएको थियो ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं