फाल्गुन ११, २०८२ सोमबार | २२:०३:१४
साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल
शनिबारको दिन नेपालगन्ज म्याराथन

नेपालगन्ज म्याराथनः दौडिने सहरको ब्रान्डिङमा एक दशक

काठमाडौं । काम सुरु गर्नु एउटा कुरा भयो । सायद यो सजिलो पनि छ । तर, कामलाई निरन्तरता दिनु अर्कै भयो । यो काम भने गाह्रो छ । त्यसैले जति जति बेला नेपालगन्ज म्याराथनबारे चर्चा हुन्छ, पुग नपुग धेरै होलान्, तर यसको सराहना गर्न कन्ज्युस्याईं गर्नुहुन्न ।

कारण त्यही हो, यसको निरन्तरता । सन् २०१५ देखि सुरु भएको नेपालगन्ज म्याराथनले २०२४ सम्म आइपुग्दा १०औं  संस्करण छोएको छ । भनेपछि यो त एक दशकको समय भयो । यसैक्रममा नेपालगन्ज दौडिने सहरका रूपमा ब्रान्डिङ भएको छ ।

अनि नेपालगन्ज म्याराथनको नाम लिने बित्तिकै यससँग जोडिन्छन्, टीएस ठकुरी । अनि जोडिन्छ, दस वर्षअघिको घटनाक्रम । त्यो त्यही समय थियो, जति बेला सशस्त्र विद्रोह टुंगिएर नयाँ संविधान जारी हुँदाको तनावपूर्ण स्थिति चलिरहेको थियो ।

 भनिन्छ, म्याराथनको आयोजना आफैंमा गाह्रो छ । गाह्रोमात्र होइन, असाध्यै गाह्रो नै छ । एउटा तथ्य यहाँनिर उल्लेख गर्न आवश्यक छ । यो हो, नेपालगन्ज म्याराथन आयोजना गर्ने नेपालको तेस्रो सहरमात्रै हो, काठमाडौं र पोखरापछि ।

एक प्रकारले देशमा कलह थियो । यस्तो स्थिति विशेषतः नेपालगन्जका लागि विषम थियो । यस्तोमा ठकुरीले सोचे, नेपालगन्जमै किन पिस म्याराथन नगर्ने ? उद्देश्य थियो, शान्ति, सदभाव र एकताको सन्देश । त्यसपछि सुरु भएको नेपालगन्ज म्याराथन अविरल चलिरहेकै छ ।

ठकुरी मान्छन्, नेपालगन्ज आफैंमा फरक स्वाद र विशेषताको सहर हो । अझ पहिलो विशेषता त यो सहरसँग देशकै नाम जोडिन्छ । अनि यो फरक भूगोल, जात र सम्प्रदाय मिलेर बसेको सहर पनि हो ।

आठौं नेपालगन्ज म्याराथनका विजेता । 

फेरि १० वर्षअगाडि फर्कने हो भने त्यति बेला नेपालगन्ज अशान्त बनेको थियो । म्याराथनको माध्यमबाट शान्तिको सन्देश दिन खोजियो । यसका लागि मिति तोकियो, मंसिर ५ । यो त्यही दिन हो, जतिबेला विद्रोही र राज्यपक्षबीच वृहत शान्तिसम्झौता भएको थियो ।

त्यसपछि जे भयो, त्यो आफैंमा इतिहास हो । भनिन्छ, म्याराथनको आयोजना आफैंमा गाह्रो छ । गाह्रोमात्र होइन, असाध्यै गाह्रो नै छ । एउटा तथ्य यहाँनिर उल्लेख गर्न आवश्यक छ । यो हो, नेपालगन्ज म्याराथन आयोजना गर्ने नेपालको तेस्रो सहरमात्रै हो, काठमाडौं र पोखरापछि ।

संयोगले चौथो सहर जन्मेको पनि छैन । तर यो १० वर्षको यात्रामा नेपालगन्ज म्याराथनले साँच्चै एउटा ब्रान्ड बनाएको छ । यसले भन्छ, नेपालगन्ज दौडिने सहर भएको छ । त्यो पनि निरन्तर । अझ नेपालगन्ज म्याराथन आफैमा बृहत भइसकेको छ, आकार र विस्तारको आधारमा ।

टीएस ठकुरी । 

आयोजकका रूपमा ठकुरीलाई लाग्छ, नेपालगन्ज म्याराथनका आफ्नै केही विशेषता छन् । यसले हरेक वर्ष नयाँ खुड्किलो चढ्ने गरेको छ । कोभिडकै समय पनि यसको आयोजना टुटेको थिएन । यो त उल्लेखनीय पक्ष हो होइन र ?

अब त म्याराथनकै छेउ पारेर कनक्लेभ हुने भइसकेको छ । यसपल्ट पनि दुई दिन बहस भए अनेक विषयमा । तर मूल दिन त आजै हो । त्यो भनेको मंसिर २२ । आज फेरि सारा नेपालगन्ज उल्टेर दौडिने छ अनि यसलाई पछ्याउने छ पूरा देशले ।

ठकुरी मात्र होइनन्, सबैले यहाँनिर एउटा तथ्य बिर्सनुहुन्न । अबका दिन अझ चुनौती पूर्ण हुनेछ । यसको आयोजनाको काम अझ गाह्रो हुनेछ । यसलाई अझ बढी बृहत गराउनुपर्नेछ । के यसका लागि नेपालगन्ज आफैंमा तयार छ त ? र, नेपाली खेलकुद पनि ?