चैत्र ९, २०८२ सोमबार | २१:४८:१०
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

टीएस ठकुरी एम्सको एम्बासडरमा नियुक्त

फाइल तस्विर ।

काठमाडौं । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) ले नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीलाई नेपालका लागि ब्रान्ड एम्बासडर (दुत) मा नियुक्त गरेको छ ।

एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले ठकुरीलाई नेपालका लागि एम्सको दुत नियुक्त गरिएको पत्र पठाएका हुन् ।

‘हामी तपाईंसँगको सहकार्यले विश्वभर रोड रनिङलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने एम्सको लक्ष्य प्राप्ति हुने अपेक्षा गर्दछौं ,’ पत्रमा भनिएको छ, ‘तपाईंको नेपालगन्ज म्याराथन आयोजकका रूपमा लामो समयको अनुभवलाई आत्मसात गर्दै हालै सम्पन्न एम्सको वर्ल्ड कंग्रेसमा तपाईंको उत्कृष्ट प्रस्तुति हेरेपछि हामी तपाईंलाईं नेपालका लागि दुत नियुक्त गर्ने निर्णयमा पुगेका हौं । तपाईंले नेपालमा रोड रनिंगको विकासमा एम्सको प्रतिनिधित्व गर्दै समन्वय गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।’

जापानको ओसाकामा भएको एम्सको २३औं वर्ल्ड कंग्रेसमा ठकुरीले नै सहभागिता जनाएका थिए । नेपालगन्ज म्याराथन नेपालबाट एम्सको पूर्णकालीन सदस्यता प्राप्त गर्ने प्रतियोगिता हो ।   

 दुतका ररूपमा ठकुरीले एम्सका सदस्यता विषयमा नेपालभित्र रेस डाइरेक्टर तथा आयोजकलाई सुचित गर्नुपर्नेछ । साथै एम्सका गतिविधिलाई समन्वयकर्ताका रुपमा कार्य गर्नु, रनिङ समुदायमा हुने विवाद वा त्यस्ता विषयका बारेमा एम्सको बोर्ड समक्ष निरन्तर रिपोर्टिंङ गर्नुपर्नेछ ।

एम्सको उद्देश्य र सदस्यताबाट हुने फाइदाका बारेमा रेस डाइरेक्टरलाई बुझाउँदै सदस्यता बिस्तार कार्यलाई प्रबद्र्धन गर्नुपर्नेछ । एम्सको दुत नियुक्त भएपछि नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले खुशी व्यक्त गरे ।

‘धारा नेपालगन्ज म्याराथनसँग सहकार्य गर्ने राज्यका निकाय तथा प्राइभेट सेक्टर तथा समस्त सराकोरवाप्रति आभारी छु,’ ठकुरीले भने, ‘सिंगो नेपालगन्जवासीलाई धन्यवाद दिन चाहन्छु ।’

यसअघि विश्वव्यापी संस्था फेडरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्टस (फिक्ट्स) ले पनि ठकुरीलाई नेपालका लागि दुत नियुक्त  गरेको थियो । 

एम्स संसारभर १२० देशमा करिब ४५० दौड प्रतियोगिता आयोजक सदस्य भएको संस्था हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो