भाद्र २३, २०८१ आइतबार | ०८:१८:२०
जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा

क्रसकन्ट्री दौडः एलिसा र सुदीप च्याम्पियन

नुवाकोट । पञ्चकन्या जिल्लाव्यापी क्रसकन्ट्री दौड प्रतियोगितामा पञ्चकन्या-३ की एलिसा तामाङ र लिखु-४ का सुदीप राई च्याम्पियन भएका छन् । 

पञ्चकन्या जनकल्याण युवा समाजले शनिबार आयोजना गरेको क्रसकन्ट्री दौडअन्तर्गत महिलातर्फ ११ किलोमिटर दूरी एलिसाले १ घन्टा १३ मिनेट ४१ सेकेन्डमा पूरा गरिन्

कविलास-२ की मेलिना पौडेल १ घन्टा २२ मिनेट २२ सेकेन्डका साथ दोस्रो र पञ्चकन्या ५ की सुष्मा कार्की १ घन्टा २४ मिनेट २८ सेकेन्डबसहित तेस्रो  स्थानमा रहे ।

पुरुषतर्फ सुदीपले ४७ मिनेट १४ सेकेन्डमा दौड पूरा गरे । पञ्चकन्या ३ का सरिन थापा ४७ मिनेट ३३ सेकेन्डको समय निकाल्दै दोस्रा र म्यागाङ गाउँपालिकाका वीरसिंह तामाङ ४९ मिनेट ११ सेकेन्डका साथ तेस्रो भए । 

महिला /पुरुष दुवैतर्फ विजेताले २२ हजार, दोस्रोले १६ हजार र तेस्रोले १० हजार रुपैयाँ पाए । दुवैतर्फ पाँचौं स्थानसम्मलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

पञ्चकन्या पालिकास्तरीय छात्र/छात्रा ५ किमि दौडमा पञ्चकन्या वडा १ की सविना राईले ३४ मिनेट १३ सेकेन्डको समय निकाल्दै छात्रातर्फ स्वर्ण जितिन् । वडा ४ की सावित्री थापा ३४ मिनेट ३१ सेकेन्डका साथ दोस्रो र वडा ३ की रुविना तामाङ ३४ मिनेट ४० सेकेन्डको समय निकाल्दै तेस्रो भए ।

पुरुषतर्फका विजेता

छात्रतर्फ निर्धारित दूरी २३ मिनेट १३ सेकेन्डमा पूरा गर्दै किरण तामाङ पहिलो भए । सुरज तामाङ २४ मिनेट २२ सेकेन्डको समय निकाल्दै दोस्रो र सुदेश तामाङ २५ मिनेट २६ सेकेन्डका साथ तेस्रो स्थानमा रहे ।

शीर्ष तीन हासिल गर्ने क्रमशः ११ हजार, ७ हजार र ४ हजार रुपैयाँ पुरस्कार पाए । 

११ किमिको दौड लाकुरीभञ्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभञ्ज्याङ, झकडेभित्ता, गाङ्तानटोल, घ्याङस्वाँरा सोही रुट हुँदै घलेभञ्ज्याङमा टुंगिएको थियो । भने ५ किमिको दौड लाकुरीभञ्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभञ्ज्याङ, झिँगानेटोल सोही रुट हुँदै घलेभञ्ज्याङमा पुगेर सकिएको थियो   ।

बैकुन्ठ मान्धर सम्मानित 

प्रतियोगिता समापनमा नेपालका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

७२ वर्षको उमेरमा पनि दौडका प्रतियोगिताहरूमा सहभागी भएर युवालाई दौडमा लाग्न प्रेरित गरिरहेकाले उनको खेलप्रतिको समर्पणको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष टीकाराम तामाङले बताए ।

प्रतियोगिताको उद्घाटन गर्नुका साथै विजेतालाई प्रमुख अतिथि पूर्वमन्त्री हितबहादुर तामाङलगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितालाई एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा थियो ।  
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024