फाल्गुन २७, २०८२ बुधबार | १८:५७:४३
विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध

टाइगर कपको तयारी पूरा

पोखरा । तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९ को तयारी पुरा भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो । 

आयोजकले शनिबार एक पत्रकार भेटघाट मार्फत तयारी पुरा भएको जनाएको छ । सो अवसरमा तयारी बारे जानकारी दिदैं संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले माघ ८ गते आइतबार १ बजे एक भव्य समारोहकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।

प्रतियोगिताको पहिलो दिन तिन खेल हुने आयोजकले जानकारी दिएको छ । माघ ८ गते हुने पहिलो खेल विहान १० बजे सुरु हुनेछ । पहिलो खेलमा  महिलातर्फ न्यु डायमन्ड युथ स्पोर्टस क्लब  र विभागीय टोली त्रिभुवन आर्मी क्लब आर्मी भिड्नेछन्

 मध्यान्ह १२ बजे पुरुषतर्फ त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लब प्रतिस्पर्धा गर्नेछन् । यसैगरी दिउसो २ः३० बजे पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लबकाबीच खेल हुनेछ ।

प्रतियोगितालाई थप आकर्षण बनाउन र दर्शकलाई सहज ढंगले खेल हेर्ने अवसर प्रदान गर्ने गरी यो पटक विशेष प्रकारको प्यारापिट निर्माण गरिएको बताउँदै प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउन एलइडी स्क्रिन राखिएको अध्यक्ष शर्माले जानकारी दिए । ‘हामीले दर्शकहरुलाई सहज ढङ्गबाट खेलको अवलोकन तथा मनोरञ्जन लिन अस्थायी प्यारापिट बनाएका छौं भने वृद्ध–वद्धाहरुको लागि छुट्टै कुर्चीको व्यवस्था समेत गरका छौं ।’

सिंगल राउन्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगिताको अन्तिम समयमा आएर महिलातर्फ नेपाल पुलिसले सहभागिता नजाउने बताएको टेक्निकल टिमका सदस्य टहल सिंह थापा मगरले जानकारी दिए । ‘केही खेलाडी घाइते भएको र कोही विरामी भएको कारण देखाउँदै नेपाल पुलिस महिला टिमले अन्तिम समयमा नआउने घोषणा गरेको हो,’ उनले भने ।

यसैगरी अन्तिम समयमा महिलातर्फकै अर्को एक विदेशी टोली भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड समेत नआउने भएको आयोजकले जनाएको छ ।  

महिलातर्फ दुई टोलीको सहभागिता नभए पछि आयोजकले गण्डकी प्रदेशको महिला टिमलाई प्रतियोगितामा सहभागित गराएको छ । 

गण्डकीको  टिममा तिन जना  भारती खेलाडी समावेश गरिएको आयोजकले जनाएको छ । गण्डकी  राष्ट्रिय टिमकी समेत कप्तान रहेकी अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिने छ ।

प्रतियोगितामा पुरुषतर्फ एक विदेशी टिम सेन्ट जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकाको सहभागिता रहनेछ ।

प्रतियोगितामा महिलालतर्फ त्रिभुवन आर्मी क्लब , गण्डकी प्रदेश,  नेपाल एपिएफ क्लब र होङ्गवान्जी न्यु डायमन्ड युथ स्पोर्टस क्लब छन् ।

यसै गरी पुरुषतर्फ  त्रिभुवन आर्मी क्लब , सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस क्लब, नेपाल  एपिएफ क्लब , गण्डकी प्रदेशको  सहभागिता रहने छ ।

गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ  नेपाल एपिएफ तथा  पुरुषतर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेका थिए ।  

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएकोे छ । महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमलाई  समान पाँच लाख  उपविजेतालाई समान नगद दुई लाख ५० हजार, तेश्रो हुनेलाई एक लाख २५  हजार तथा चौथो स्थान हासिल गर्नेलाई ६५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने संस्थाका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक देवेन्द्र केसीले जानकारी दिएका छन् ।
प्रतियोगितामा हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीलाई नगद पाँच हजार रुपैयाँ नगत तथा तीन हजार बराबरको स्वास्थ्य परिक्षण कुपन भौचर प्राप्त गर्ने छन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ सर्वोउत्कृष्ट  जनही समान २५ तथा हरेक विधाक उत्कृष्ट खेलाडी र  प्रशिक्षकलाई समान १० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन आयोजक सस्था टाइगुर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष शर्माको नेतृत्वमा  एक सय एक  सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

त्यस्तै प्रतियोगिताको सस्थाका उपाध्यक्ष केसीको संयोजकत्वमा विभिन्न ११ उपसमिति गठन गरेको छ । प्रतियोगितालाई भव्य संगै मर्यादित रुपमा अघि बढाउन स्वदेश तथा विदेशमा रहेका खेलप्रेमीहरुलाई सहयोगको आग्रह गर्दै स्थानिय प्रशासन, उद्योगी, व्यपारी, नागरिक समाज, विभिन्न संघ–संस्था, खेलकुदका संघ–संस्था र स्थानियतहलाई आर्थिक, भौतिक एवम नैतिक सहयोगका लागि समेत आयोजकले आह्वान गरेको छ ।

सुश्री मिडिया प्राली काठमाण्डौको विशेष समन्वय तथा राष्ट्रिय खेलकुद परिषद, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिकाको सहयोगमा आयोजना हुने प्रतियोगितालाई नेपाल भलिबल संघले स्विकृती प्रदान गरेको संस्थाका सचिव डिबी नेपालीले जानकारी दिएका छन् ।

 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||