काठमाडौं । एन्फा राष्ट्रिय लिगमा शुक्रबार दुई खेल हुँदैछन् ।
बिहान १२ः१५ बजे हुने दिनको पहिलो खेलमा चित्लाङ एफसीले संकटा एफसीसँग प्रतिस्पर्धा गर्दैछ । संकटासँगको जितले चित्लाङलाई आठौं स्थानमा पुर्याउनेछ । अहिले ७ खेलमा ७ अंकका साथ चित्लाङ ११औं स्थानमा छ ।
संकटा १२औं स्थानमा छ । चित्लाङलाई हराए संकटा नवौं स्थानमा उक्लिनेछ ।
दिउँसो ४ बजे दोस्रो खेल हुनेछ । जहाँ अपराजित लालिगुराँस एसोसिएसन क्लबले संघर्षरत फ्रेन्ड्स क्लबसँग खेल्नेछ । फ्रेन्ड्सलाई हराउँदै लालिगुराँस शीर्ष स्थानमा उक्लिन चाहन्छ । अहिले ७ खेलमा लालिगुराँस १७ अंक जोड्दै दोस्रो स्थानमा छ ।
समान खेलमा ५ अंक जोड्दै फ्रेन्ड्स पुछारबाट चौथो स्थानमा छ ।
दुबै खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुनेछ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
