काठमाडौं । चित्लाङ एफसीमाथि ४-० को सहज जित हासिल गर्दै संकटा एफसी एन्फा राष्ट्रिय लिगको नवौं स्थानमा उक्लिएको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा संकटालाई जित दिलाउन रिचर्ड ओन्यमाले ह्याट्रिक गरे । त्यस्तै एक गोल टाय ड्यानियलको नाममा रह्यो । तीन गोल पहिलो हाफमा सम्भव भएका थिए ।
जितसँगै संकटाले तीन स्थान सुधार गर्यो । नवौं स्थानमा उक्लिएको संकटाको ८ खेलबाट ९ अंक छ । चित्लाङको यो तेस्रो हार हो । समान खेलबाट चित्लाङ ७ अंक जोड्दै १२औं स्थानमा झरेको छ ।
दिनको दोस्रो खेलमा लालिगुराँस एसोसिएसनले पुछारबाट चौथो स्थानमा रहेको फ्रेन्ड्स क्लबको सामना गर्नेछ । सातदोबाटोमै हुने यो खेल दिउँसो ४ बजे हुनेछ । दोस्रो स्थानको लालिगुराँस लिगमा अपराजित छ । फ्रेन्ड्सलाई हराए लालिगुराँस शीर्ष स्थानमा उक्लिनेछ ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
