फाल्गुन १५, २०८२ शुक्रबार | २३:१३:३८
इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो लोकेश बम र शेर मल्ललाई एसपिएको सम्मान रिचर्डको ह्याट्रिकमा चित्लाङमाथि संकटाको सहज जित सर्वाधिक शतक पूरा भएको यस विश्वकप न्युजिल्याण्डलाई सेमिफाइनल पुग्ने अवसर रिंकुलाई पितृ शोक राष्ट्रिय लिगमा आज दुई खेलः लालिगुराँसलाई शीर्ष स्थानमा उक्लिने अवसर

टाइगर कपमा हेल्प नेपाल नखेल्ने

काठमाडौं । नेपाली भलिबलको महारथी हेल्प नेपाल स्पोर्टस क्लबले यसपाली पोखरामा हुने लोकप्रिय प्रतियोगिता टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको छैटौं संस्करणमा भाग नलिने भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिताका सहभागी टिमको आयोजकद्धारा मंगलबार सार्वजनिक गरिएको सूचिमा हेल्प नेपाल स्पोर्टस क्लबको नाम छैन ।

आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेर महिला र पुरुष दुवैतर्फ समान सात टिमको सहभागिता रहने जानकारी गरायो । आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माका अनुसार यसपाली प्रतियोगितामा थाइल्याण्ड, माल्दिभ्स र भारतबाट विदेशी टोली सहभागी हुनेछन् ।

महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, रुपन्देहीको एभरेस्ट भलिबल क्लब र थाइल्याण्डबाट दुई टोली प्रतिस्पर्धामा उत्रने शर्माले जानकारी गराए ।

यसैगरी पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, पर्वत जिल्ला भलिबल संघ तथा माल्दिभ्स र भारतबाट एक÷एक टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ विजेता टिमले ६ लाख ६६ हजार ६६६ रुपैयाँ तथा उपविजेताले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टिमले १ लाख ६६ हजार ६६६ रुपैयाँ पाउने बताइएको छ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाल भलिबल संघद्वारा स्वीकृत प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ) को नियमअनुसार हुनेछ । प्रतियोगिता आयोजनामा एक करोड ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगितामा पहिलो पटक भारत र माल्दिभ्सबाट अन्तर्राष्ट्रिय रेफ्रीहरू सहभागी हुने बताइएको छ । दर्शकहरूका लागि पूरा प्रतियोगिता हेर्न मिल्ने अनलाइन सिजनल टिकटको व्यवस्था गरिएको छ । त्यसको मुल्य ३५०० रुपैयाँ पर्नेछ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||