काठमाडौं । मधेश युनाइटेडमाथि ३-० को सहज जित हासिल गर्दै कर्णाली यश्विस एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को अंकतालिकामा ललितपुर क्विन्सलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न खेलमा कर्णालीले मधेशको चुनौती २५–१५, २५–१२, २५–१७ ले पन्छाएको हो । चार खेलमा तेस्रो हार बेहोरेको मधेश हाल तेस्रो स्थानमा छ ।
दिनको दोस्रो खेलमा ललितपुर र पोखरा निन्जाजबीच प्रतिस्पर्धा भइरहेको छ ।
इडब्लुभिएलको दोस्रो संस्करण गत भाद्र २० देखि २८ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्धेश्यीय कभर्डहलमा हुने तालिका थियो । तर, भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण प्रतियोगिता अस्थायी रुपमा प्रभावित भएपछि बाँकी खेलहरु अनिश्चित समयका लागि स्थगित गरिएको थियो ।
परिमार्जित नयाँ मिति अनुसार बुधबारबाट पुनः सुचारु भएको लिग कार्तिक २९ सम्म चल्नेछ ।
