पुस १३, २०८२ सोमबार | १९:०८:४७
फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी मिलानको जितमा मार्टिनेजको गोल फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी मिलानको जितमा मार्टिनेजको गोल

एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यु-१६ युथ लिगको उपाधि जितेको छ ।

सोमबार लिगको अन्तिम तथा निर्णायक खेलमा जावलाखेल युवा क्लबलाई ६-० ले हराएसँगै पुलिस च्याम्पियन बनेको हो । उपाधिमा आफ्नो दाबेदारी अन्तिम खेलसम्म दिएको मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबसँग ३-२ को हार बेहोर्दा पुलिसले स्पष्ट तीन अंकको अग्रता लिँदै उपाधि चुम्यो ।

अन्तिम खेल खेल्नुअघि पुलिस र मछिन्द्र दुबैले ५८ अंक जोडेका थिए । गोल भिन्नताका आधारमा पुलिस अगाडि थियो । दुबैलाई उपाधि चुम्न जितबाहेक विकल्प थिएन । तर, मछिन्द्रले लयमा रहेको फ्रेन्ड्स क्लबसँग अप्रत्याशित ३-२ को हार बेहोर्यो । मछिन्द्रलाई हराएपछि फ्रेन्ड्स तेस्रो भयो । ५७ अंक जोडेको फ्रेन्ड्सले मनाङ मर्स्र्याङ्दीलाई उछिन्यो ।

च्यासल मैदानमा दिउँसो २ बजे भएको खेलमा पुलिसलाई जित दिलाउन रिजनराज गौतमले ह्याट्रिक गरे । त्यस्तै समीर कुमारले दुई तथा अभिशेष कुमार श्रेष्ठले एक गोल गरे ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालय मैदानमा सोही समय सुरु भएको खेलमा मछिन्द्र अन्तिम समयमा सम्हालिन सकेन । खेलको चौथो मिनेटमा फ्रेन्ड्सले आर्यन काजी थापाको गोलमा अग्रता बनाएको थियो । २१औं मिनेटमा राहुल कुमार योञ्जनले बराबरी गोल फर्काए । दोस्रो हाफमा जानुअघि विकास थापाको गोलमा मछिन्द्र २-१ ले अगाडि बढ्यो ।

दोस्रो हाफको तेस्रो मिनेटमै फ्रेन्ड्स खेलमा फर्कियो । सुजन विकले बराबरी गोल गरे । ९०औं मिनेटमा पुरन श्रेष्ठले गोल गरेपछि फ्रेन्ड्सले जित सुनिश्चित गर्यो ।

उपाधिसँगे पुलिसले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता मछिन्द्रले ५० हजार रुपैयाँमा चित्त बुझायो । पुलिसका समीर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफीसहित १५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै मनाङका गोलकिपर विशाल गुरुङ सर्वोत्कृष्ट गोलकिपर चुनिँदा २० गोल गरेका मछिन्द्रका विकाश थापाले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । यी दुईले पनि ट्रफीसहित १५ हजार रुपैयाँ प्राप्त गरे ।

लिगमा मात्र एक खेल जितेको सातदोबाटो युवा क्लब अंकतालिकाको पुछारमा रह्यो । त्यस्तै विभागीय टोली त्रिभुवन आर्मी क्लब र प्लानिङ ब्वाइज युनाइटेड क्रमशः पुछारबाट दोस्रो र तेस्रो स्थानमा रह्यो ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I