फाल्गुन १९, २०८२ मंगलबार | ०७:३७:२७
विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा

जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईअन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीले दिएको १३० रनको सामान्य लक्ष्य जनकपुरले पछ्याउन सकेन । जनकपुरले २० ओभरको समाप्तिमा सात विकेट गुमाउँदै मात्र १२६ रन बनाउन सक्यो ।

अन्तिम ओभरमा जनकपुरलाई जितका लागि १४ रनको आवश्यकता थियो । तर, नन्दन यादवले मात्र ९ रन खर्चिँदा कर्णालीको जित सम्भव भएको हो ।

जनकपुरका लागि पाँचौं नम्बरका ब्याटर संजय कृष्णमूर्तीले ३९ बलमा एक चौका र चार छक्कासहित ५१ रनको पारी खेले । त्यस्तै संगीत कूरेले २५ र कप्तान यान निकोल लोफ्टी इटनले १३ रनको योगदान गरे । ओपनर माज सदाकत १२ रनमा पवेलियन फर्किँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर आसिफ शेख र तेस्रो नम्बरमा आएका अनिल शाह ‘डक आउट’ भए ।

कर्णालीका लागि विलियम बसिस्टोले दुई विकेट लिए । त्यस्तै मार्क वाट, पवन सराफ, नन्दन यादव र सोमपाल कामीको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२९ रनको योगफल खडा गर्याे ।

कर्णालीका ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन  बनाए । यसक्रममा उनले समान एक चौका र छक्का प्रहार गरे । त्यस्तै गुल्सन झाले १९ र कप्तान सोमपाल कामीले १८ रन जोडे । यसैगरी प्रियान्क पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजीबुल्लाह जाड्रानले १३ रन जोडे ।

जनकपुरका ललित राजवंशी र आदित्य महताले दुई विकेट लिए । संगीथ कुरे, अनिलकुमार साह र माज सदाकताको नाममा समान एक विकेट रह्यो ।

जितसँगै कर्णालीले छैटौं स्थानमा रहेर प्रतियोगितामा आफ्नो यात्रालाई टुंगायो । कर्णालीले पाँच खेलमा हार बेहोरेको थियो । छैटौं हार बेहोरेको जनकपुर अंकतालिकाको पुछारमा रह्यो । प्लेअफका खेलहरु मंगलबारबाट हुनेछन् ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||