मंसिर २२, २०८२ सोमबार | ०४:५५:१८
जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल बार्सिलोनाको जितमा फेरान टोरेसको ह्याट्रिक पोखराको सान्त्वना जित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल बार्सिलोनाको जितमा फेरान टोरेसको ह्याट्रिक पोखराको सान्त्वना जित

जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईअन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीले दिएको १३० रनको सामान्य लक्ष्य जनकपुरले पछ्याउन सकेन । जनकपुरले २० ओभरको समाप्तिमा सात विकेट गुमाउँदै मात्र १२६ रन बनाउन सक्यो ।

अन्तिम ओभरमा जनकपुरलाई जितका लागि १४ रनको आवश्यकता थियो । तर, नन्दन यादवले मात्र ९ रन खर्चिँदा कर्णालीको जित सम्भव भएको हो ।

जनकपुरका लागि पाँचौं नम्बरका ब्याटर संजय कृष्णमूर्तीले ३९ बलमा एक चौका र चार छक्कासहित ५१ रनको पारी खेले । त्यस्तै संगीत कूरेले २५ र कप्तान यान निकोल लोफ्टी इटनले १३ रनको योगदान गरे । ओपनर माज सदाकत १२ रनमा पवेलियन फर्किँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर आसिफ शेख र तेस्रो नम्बरमा आएका अनिल शाह ‘डक आउट’ भए ।

कर्णालीका लागि विलियम बसिस्टोले दुई विकेट लिए । त्यस्तै मार्क वाट, पवन सराफ, नन्दन यादव र सोमपाल कामीको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२९ रनको योगफल खडा गर्याे ।

कर्णालीका ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन  बनाए । यसक्रममा उनले समान एक चौका र छक्का प्रहार गरे । त्यस्तै गुल्सन झाले १९ र कप्तान सोमपाल कामीले १८ रन जोडे । यसैगरी प्रियान्क पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजीबुल्लाह जाड्रानले १३ रन जोडे ।

जनकपुरका ललित राजवंशी र आदित्य महताले दुई विकेट लिए । संगीथ कुरे, अनिलकुमार साह र माज सदाकताको नाममा समान एक विकेट रह्यो ।

जितसँगै कर्णालीले छैटौं स्थानमा रहेर प्रतियोगितामा आफ्नो यात्रालाई टुंगायो । कर्णालीले पाँच खेलमा हार बेहोरेको थियो । छैटौं हार बेहोरेको जनकपुर अंकतालिकाको पुछारमा रह्यो । प्लेअफका खेलहरु मंगलबारबाट हुनेछन् ।
 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas