काठमाडौं । एसियाली यु-१९ तथा यु-२२ बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन चार खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।
जुलाई ३१ देखि सुरु हुने प्रतियोगितामा यु-१९ को ५० केजीमुनिमा चन्दन शाही र ६० केजीमुनिमा शेराप गेल्छेन शेर्पा तथा यु-२२ को ५० केजीमुनिमा अर्पिल राना र ६० केजीमा इन्द्रबहादुर सुनारले प्रतिस्पर्धा गर्नेछन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले र महासचिव मानबहादुर भण्डारीलगायतले बुधबारै बिदाइ गरे ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
