श्रावण १५, २०८२ बिहीबार | १३:०२:५०
भुटान पुग्यो नेपाली यु-२० टोली म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित भुटान पुग्यो नेपाली यु-२० टोली म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित

एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ

एएफसी यु-२० महिला एसियन कप छनोट खेल्न भुटान जाने नेपाली टोलीको सामूहिक तस्वीर, तस्वीरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । भुटानको राजधानी थिम्पुमा यही अगस्ट ६ देखि १० सम्म हुने एएफसी यु-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ भएको छ ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा युवा टोलीलाई बिदाइ गरेको हो ।

कार्यक्रममा घिसिङसँगै एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई, उपाध्यक्ष दावा लामा, केन्द्रिय सदस्यहरू रवीन्द्र जोशी, अनिल मल्ल, प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधर, प्रवक्ता सुरेश शाहलगायत पदाधिकारीको उपस्थिति थियो ।

नेपाली महिला टोली गत मंगलबार मात्र बंगलादेशको राजधानी ढाकामा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपमा सहभागिता जनाएर स्वदेश फर्किएको थियो । दुई साताको अन्तरालपछि टोलीले एएफसीको प्रतियोगिता खेल्न लागेको हो ।

बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले नेपालले इतिहास रच्न सक्ने संकेत गरे । ‘हामी प्रतियोगिताको ‘डार्क हर्स’ हौं । उत्तर कोरिया हामीभन्दा बलियो टोली हो । हामी उत्तर कोरियालाई कम्तिमा पनि बराबरीमा रोक्ने प्रयासमा हुनेछौं,’ गुरुङले भने, ‘बंगलादेशको यात्रापछि हामीले मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं । काउन्टर फुटबलनै खेल्ने योजना छ ।’

ढाकामा डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि नेपाल अंकतालिकाको दोस्रो स्थानमा रहँदै उपविजेतामा सीमित भएको थियो । चार टोलीको सहभागिता रहेको प्रतियोगिताको अन्तिम तथा निर्णायक खेलमा डिफेन्स र मिडफिल्डमा तालमेल नमिल्दा नेपाल घरेलु टोलीसँग ४-० ले निराश बनेको थियो । उक्त खेल जितेको भए नेपालले साफ च्याम्पियनसिपको उपाधि जित्ने समीकरण थियो ।

एएफसी यु–२० महिला एसियन कप छनोट खेल्न भुटान जाने नेपाली टोलीको बिदाई, तस्वीरः सरोज सापकोटा/खेलाडी ।

कप्तान विर्सना चौधरीले टोलीको तयारी राम्रो भएको र एसियन कपमा छनोट हुने लक्ष्य रहेको प्रतिक्रिया दिइन् । ‘तयारी राम्रो भएको छ । हामीले विगतका कमि-कमजोरीलाई सच्याएका छौं,’ विर्सनाले भनिन्, ‘भुटानमा राम्रो रिजल्ट ल्याउनेछौं । एसियन कपमा छनोट हुने विश्वास बोकेका छौं ।’

त्यस्तै प्रमुख अतिथि घिसिङले बंगलादेशमा कलिला किशोरीहरूले गरेको प्रदर्शनबाट आफू प्रभावित भएको खुसी साट्दै टोलीप्रति पूर्ण रुपमा विश्वस्त रहेको धारणा राखे । ‘साफ च्याम्पियनसिपका प्राय खेलहरू मैले मोबाइलमा हेरेको थिएँ । त्यतिबेला नै मलाई नानीहरुको खेलले प्रभावित पारेको थियो,’ घिसिङले भने, ‘भुटानमा पनि राम्रो प्रदर्शन गर्नेमा म विश्वस्त छु ।’

मुख्य प्रशिक्षक गुरुङले साफ च्याम्पियनसिप खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गरेका छन् । लेफ्ट ब्याक झुमा विश्वकर्मालाई बाहिर राख्दै गुरुङले सजिना स्याङताङलाई रक्षापङ्क्तिमा मौका दिएका छन् ।

छनोट प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले घरेलु टोली भुटान, उत्तर कोरिया र साउदी अरबियासँग खेल्ने तालिका छ । सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु-२० एसियन कपमा छनोट हुनेछ ।

त्यस्तै समूहका तीन उत्कृष्ट उपविजेता टोलीले पनि थाइल्यान्डको टिकट काट्ने छन् । नेपालले अगस्ट ६ मा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपाली टोली बिहीबार बिहान ९ बजे थिम्पु प्रस्थान गर्ने तालिका छ ।


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081