चैत्र ५, २०८२ बिहीबार | ११:२५:५५
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

कमल थापालाई दोहोरो उपाधि

फाइल तस्विर

काठमाडौं । कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेका छन् ।

सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमल पुरुष ५५ र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा च्याम्पियन बने ।

कमलले ५५ वर्षमाथिको फाइनलमा मनोजविक्रम शाहलाई समान ७-६, ७-६ ले हराए । उनले ६५ वर्षमाथिमा ध्रुव गुरुङलाई ४-०, ४-० को सेटमा पराजित गरे ।

यसैगरी महिला सिंगल्सको उपाधिका लागि अभिलाशा बिष्ट र सुनिरा थापाले प्रतिस्पर्धा गर्ने भएका छन् । सेमिफाइनलमा अभिशालाले प्रज्ना मानन्धरलाई ६-१, ६-१ तथा सुनिराले स्वस्तिका बिष्टलाई ६-०,६-१ ले पराजित गरे ।

पुरुष सिंगल्समा राजवीर प्रधान र रितिक राणाले फाइनलमा स्थान बनाए । राजवीरले प्रणव मानन्धरमाथि ६-१ र ६-३ ले हराएका हुन् । अर्को सेमिफाइनलमा रितिकले आयुष्मान हजुर घलेमाथि ६-१, ६-१ को जित निकाले ।

यसैगरी पुरुष डबल्समा प्रदीप खड्का र आयुष्मान हजुर घलेको जोडी च्याम्पियन भए । यो जोडीले फाइनलमा प्रणव खनाल र निहाल जंगबहादुर थापाको जोडीलाई ६-४, ६-३ ले हराए ।

पुरुष ४५ वर्षमाथि डबल्समा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी च्याम्पियन बन्यो । यो जोडीले फाइनलमा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीलाई ६-१, ३-६,१०-८ ले पराजित गर्यो।

यु-१२ को गर्ल्स सिंगल्समा अनुश्री धोजु र ब्वाइज सिंगल्समा विश्व डल्लाकोटी च्याम्पियन भए । अनुश्रीले सारा पन्तलाई ६-१, ६-२ र विश्वले आरित मल्ललाई २-६, ६-१, ६-१ ले हराए ।

यु-९ गर्ल्स सिंगल्समा नैरा घले रजिशा जोशलाई ४-१,४-० ले हराउँदै च्याम्पियन बनिन् । यु-१४ गर्ल्स सिंगल्सको उपाधि शिभाली गुरुङले जितिन् । उनले इरा खत्रीलाई ६-०, ६-० ले निरास बनाइन् ।

गर्ल्सकै यु-१० सिंगल्समा सरा पन्तले सरा पन्तलाई २-६, ६-०, १०-५ ले हराउँदै उपाधि जितिन्।

यस्तै, ब्वाइज यु-९ को सिंगल्समा भिराल अग्रवाल र कायन चालिसे फाइनलमा पुगेका छन् । सेमिफाइनलमा भिरालले सहांश बस्न्यातलाई ४-१, ५-३ तथा कायनले अबिर केडियालाई ४-०, ४-१ ले हराए ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं