चैत्र १८, २०८२ बुधबार | ०९:३२:१९
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

पिएम कपमा आज दुई खेल हुदै

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज(बुधबार) दुई खेल आयोजना हुदैछ ।

मधेश प्रदेशको जनकपुर र विरगञ्जमा हुने दुवै खेल बिहान ९ बजे पछि सुरु हुदैछ । जकपुरस्थित राम जानकी क्रिकेट मैदानमा हुने खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशको सामना गर्दैछ ।

काठमाडौंमा ४ खेल खेलेर मधेश झरेको बागमतीका लागि सोही परिवेशमा समान खेल खेलेको कर्णालीले बलियो चुनौती दिने अपेक्षा रहेको छ । बागमती ४ खेलमा १ जितका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

समान खेल खेलेको कर्णाली ३ अंकका साथ छैठौं स्थानमा छ । बुधबारै हुने अर्को खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले लुम्बिनी प्रदेशको सामना गर्दैछ । एपिएफ पनि काठमाडौंमा ४ खेल खेलेर ३ अंकका साथ मधेश झरेको हो ।

लुम्बिनी पनि समान खेलबाट ३ अंकमा नै रहेको छ । एपिएफ तालिकाको सातौं स्थानमा रहँदा लुम्बिनी पाँचौ स्थानमा छ । 

प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ ।

२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १० लाख पाउँदा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका अन्य खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।

काठमाडौंमा आयोजना हुने लिग चरणका सबै १० खेल नै पूरा भइसकेकाले अबका खेलहरु मधेश प्रदेशमा मात्र हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो