काठमाडौं । आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा चार नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् ।
अगस्ट ९ र १० मा हुने प्रतियोगितामा सहभागी हुने सात सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको पटाया जाने भएको छ ।
प्रतियोगिताको पुरुष यु-९ एकल पुम्सेमा विशेषचन्द्र गमी, ४५ केजीमुनिमा लवयोग सुनुवार, २७ केजीमुनिमा सन्देश लामिछाने र ४१ केजीमुनिमा अर्पण कुमालले प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा सरोज तामाङ र गौरव रजक तथा निर्णायकमा राजेन्द्र डंगोल र मुना खवास छन् ।
टोलीलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, नेपाल तेक्वान्दो संघका सदस्य कुमार लामाघिसिङ र प्रशिक्षक अर्जुनभक्त राईले बिहीबार बिदाइ गरे ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
