कार्तिक ११, २०८२ मंगलबार | २२:२१:४१
युएईविरुद्ध अमेरिकाको रोमाञ्चक जित कर्णालीलाई एसियन पेन्ट्सको साथ एरिका नगदसहित सम्मानित सावित्रा, अञ्जिला र प्रीतिले भारतसँगको खेल गुमाउने काभा कप भलिबलः नेपाललाई पाँचौं स्थान ड्यानी कार्भहालको घुँडाको शल्क्रिया हुने केभिन डी ब्रुएना कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने युभेन्टसका प्रशिक्षक इगोर ट्युडर बर्खास्त एट्लेटिको मड्रिडको सहज जित पहिलो ट्वान्टी-२० मा वेस्ट इन्डिज विजयी युएईविरुद्ध अमेरिकाको रोमाञ्चक जित कर्णालीलाई एसियन पेन्ट्सको साथ एरिका नगदसहित सम्मानित सावित्रा, अञ्जिला र प्रीतिले भारतसँगको खेल गुमाउने काभा कप भलिबलः नेपाललाई पाँचौं स्थान ड्यानी कार्भहालको घुँडाको शल्क्रिया हुने केभिन डी ब्रुएना कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने युभेन्टसका प्रशिक्षक इगोर ट्युडर बर्खास्त एट्लेटिको मड्रिडको सहज जित पहिलो ट्वान्टी-२० मा वेस्ट इन्डिज विजयी

मलेसिया जाने पारा तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं । मलेसियाको कुचिङमा हुने १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, सदस्य हिमालकुमार श्रेष्ठ र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सोमबार पाँच खेलाडी सहित सात सदस्यीय टोलीको बिदाइ गरे ।

नेपाली खेलाडीले साउन १६ गते प्रतिस्पर्धा गर्नेछन् । टोली मंगलबार मलेसियाको सरावक प्रस्थान गर्नेछ ।

पाँचै खेलाडीले के-४४ क्याटगोरीअन्तर्गत विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ५८ केजीमुनिमा ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमुनिमा अमिर भ्लोनले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै महिला ५७ केजीमुनिमा पेरिस पाराओलम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोबर्धन तथा ४७ केजीमुनिमा कामना प्रसाईं र रेणु तामाङले खेल्ने छन् ।

चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यतैबाट मलेसिया जाने छिन् ।

कविराज नेगी लामा यो प्रतियोगितामा पनि प्रशिक्षकको भूमिकामा छन् । यस्तै व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ छन् ।

प्रशिक्षक लामाले वरियता सुधार गर्न प्रतियोगता महत्वपूर्ण भएको बताए ।

नेपालले सुरुको संस्करणदेखि निरन्तर प्रतियोगितामा सहभागिता जनाउदै आएको छ । हालसम्म नेपालले एक रजत र पाँच कांस्य गरि ६ पदक जितेको प्रशिक्षक लामाले जनाएका छन् ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain