चैत्र ८, २०८२ आइतबार | १९:०७:१९
ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै

अल्फा च्याम्पियन

काठमाडौं । दाङको अल्फा तेक्वान्दो डोजाङले प्रथम एनटिए राष्ट्रिय टिम ग्योरोगी च्याम्पियनसिपको उपाधि जितेको छ ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा सोमबार भएको जुनियर पुरुषको फाइनलमा अल्फाले टिम चितवनलाई पराजित गर्यो ।

वसन्त विष्ट, कमल परियार र कमल खड्कासम्मिलित अल्फाले कृष्ण विक, रोनक राउत र सौगात सुन्दास रहेकाे टिम चितवनलाई ४८-३४ अंकले पराजित गरेको हो ।  टिम धादिङ र टिम तारकेश्वरले तेस्रो स्थान हासिल गरे ।

यसैगरी जुनियर महिलामा टिम तारर्केश्वरले पहिलो स्थान हात पार्यो । निकै प्रतिस्पर्धात्मक खेलमा तारकेश्वरले फेयरलेस डोजाङलाई ७१–६२ ले हरायो । टिम तारकेश्वरबाट सपना रिखाम, कृतिका थापामगर र सोनिया तामाङ तथा फेयरलेस डोजाङबाट अनिशा मगर, लक्ष्मी तामाङ र सृष्टि लामाले प्रतिस्पर्धा गरेका थिए ।  यानसु डोजाङ र गोर्खाली डोजाङले तेस्रो स्थान हात पारे ।

यसैगरी क्याडेट पुरुषतर्फको उपाधि ढल्को डोजाङले जित्यो  । ढल्कोले फाइनलमा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनलाई पराजित गरेको थियो । नेपाल टाइगर्स र सीतापाइला डोजाङले तेस्रो स्थान हात पारे ।

यस्तै क्याडेट महिलातर्फको उपाधि भने राइजिङ फाइटर्सले जितेको छ ।

च्याम्पियनसिपको विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार रुपैयाँ  प्रदान गरिएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं टेक्निकल डेलिगेट्स बब्लु सिवाकोटीले जानकारी दिए ।

च्याम्पियनसिपका विजेता खेलाडीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले पुरस्कार प्रदान गरेका थिए ।

संघले पहिलो पटक ग्योरोगी विधामात्र समावेश गरेर टिम च्याम्पियनसिप आयोजना गरेको हो । प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहमा क्याडेट गर्ल्स/ब्वाइज टिम तथा १५ देखि १७ वर्ष उमेर समूहमा जुनियर गर्ल्स/ब्वाइज टिम गरी चार स्पर्धा समावेश गरिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो