माघ १५, २०८२ बिहीबार | ०९:५१:०६
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

अल्फा च्याम्पियन

काठमाडौं । दाङको अल्फा तेक्वान्दो डोजाङले प्रथम एनटिए राष्ट्रिय टिम ग्योरोगी च्याम्पियनसिपको उपाधि जितेको छ ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा सोमबार भएको जुनियर पुरुषको फाइनलमा अल्फाले टिम चितवनलाई पराजित गर्यो ।

वसन्त विष्ट, कमल परियार र कमल खड्कासम्मिलित अल्फाले कृष्ण विक, रोनक राउत र सौगात सुन्दास रहेकाे टिम चितवनलाई ४८-३४ अंकले पराजित गरेको हो ।  टिम धादिङ र टिम तारकेश्वरले तेस्रो स्थान हासिल गरे ।

यसैगरी जुनियर महिलामा टिम तारर्केश्वरले पहिलो स्थान हात पार्यो । निकै प्रतिस्पर्धात्मक खेलमा तारकेश्वरले फेयरलेस डोजाङलाई ७१–६२ ले हरायो । टिम तारकेश्वरबाट सपना रिखाम, कृतिका थापामगर र सोनिया तामाङ तथा फेयरलेस डोजाङबाट अनिशा मगर, लक्ष्मी तामाङ र सृष्टि लामाले प्रतिस्पर्धा गरेका थिए ।  यानसु डोजाङ र गोर्खाली डोजाङले तेस्रो स्थान हात पारे ।

यसैगरी क्याडेट पुरुषतर्फको उपाधि ढल्को डोजाङले जित्यो  । ढल्कोले फाइनलमा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनलाई पराजित गरेको थियो । नेपाल टाइगर्स र सीतापाइला डोजाङले तेस्रो स्थान हात पारे ।

यस्तै क्याडेट महिलातर्फको उपाधि भने राइजिङ फाइटर्सले जितेको छ ।

च्याम्पियनसिपको विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार रुपैयाँ  प्रदान गरिएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं टेक्निकल डेलिगेट्स बब्लु सिवाकोटीले जानकारी दिए ।

च्याम्पियनसिपका विजेता खेलाडीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले पुरस्कार प्रदान गरेका थिए ।

संघले पहिलो पटक ग्योरोगी विधामात्र समावेश गरेर टिम च्याम्पियनसिप आयोजना गरेको हो । प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहमा क्याडेट गर्ल्स/ब्वाइज टिम तथा १५ देखि १७ वर्ष उमेर समूहमा जुनियर गर्ल्स/ब्वाइज टिम गरी चार स्पर्धा समावेश गरिएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।