चैत्र ८, २०८२ आइतबार | १७:५३:२०
बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै

आर्मीलाई आइटिएफ तेक्वान्दोकाे उपाधि

च्याम्पियन आर्मी ।

काठमाडौं । त्रिभुवन आर्मी क्लब २४औं आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा च्याम्पियन बनेको छ ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ) को आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा आर्मीले १३ स्वर्ण, सात रजत र पाँच कांस्य पदक हात पार्यो ।

लुम्बिनी प्रदेशले पाँच स्वर्ण, ६ रजत र तीन कांस्य पदकसहित दोस्रो भयो । बागमती प्रदेशले तेस्रो स्थान प्राप्त गर्दा तीन स्वर्ण, पाँच रजत र सात कांस्य पदक जित्यो ।

पुरुषमा आर्मीका भीमबहादुर तामाङ र महिलामा गण्डकी प्रदेशकी सुस्मिता थापामगर उत्कृष्ट खेलाडी घोषित भए ।

यसैगरी प्रथम यु-१५ राष्ट्रिय विद्यालयतर्फ बागमती प्रदेश च्याम्पियन बन्यो । बागमतीले पाँच स्वर्ण, तीन रजत र सात कांस्य पदक जित्यो । गण्डकी दोस्रो र एपिएफ तेस्रो स्थानमा रहे ।

गण्डकीले तीन स्वर्ण, पाँच रजत र चार कांस्य तथा एपिएफले भने दुई स्वर्ण, तीन रजत र चार कांस्य पदक प्राप्त गरे  ।

 प्रतियोगिताको पुरुषमा सुदूरपश्चिम प्रदेशका भुपेश नाथ र महिलाा गण्डकीकी सन्ध्या खत्री उत्कृष्ट चुनिएको महासंघका महासचिव घमबहादुर थापामगरले जानकारी दिए ।

आयोजक नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले विजेतालाई ट्रफी प्रदान गरेका थिए । त्यसअघि राज्य तथा सुशासन व्यवस्थापन समितिका सभापति रामहरि खतिवडाले खेलाडीलाई पदक प्रदान गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो