काठमाडौं । आशिष भुजेल र सपना रिखाम दोश्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
काठमाडौंका आशिषले पुरुष ६८ केजीमुनि तथा सपनाले महिला ४६ केजीमुनिमा स्वर्ण पदक जितेका थिए ।
टोखा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५० केजीमुनिमा शुभम्जंग कुमार, ५४ केजीमुनिमा रोजन लामा, ६३ केजीमुनिमा हरिबहादुर परियार र ५८ केजीमुनिमा अर्पण लामाले स्वर्ण पदक जिते । हरि चितवन तथा अन्य तीन खेलाडी काठमाडौंका हुन्
काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला ४९ केजीमुनिमा काठमाडौंकी पासाङ लामा, ५७ केजीमुनिमा भक्तपुरकी सोया चक्रधर, ४३ केजीमुनिमाचितवनकी सोनम महतो र ६३ केजीमुनिमा काठमाडौंकी स्वस्तिका महर्जनले पहिलो स्थान हात पारे ।
विजेतालाई टोखा नगरपालिकाका खेलकुद संयोजक नरोत्तम राणा, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङलगायतले पुरस्कृत गरे ।
टोखा नगरपालिका वडा ५ मा भएको प्रतियोगितामा करिब ३०० खेलाडीले प्रतिस्पर्धा गरेको एसकेबीसी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौराले जनाएका छन् । दुईदिने प्रतियोगितामा पुरुष÷महिलामा समान पाँच गरि १० स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।