असार १७, २०८२ मंगलबार | १८:४३:२०
शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान

डिएभी स्कुल उपाधि नजिक

काठमाडौं । साबिक विजेता सैनिक आवसीय महाविद्यालयविरुद्ध ६ विकेटको जित निकाल्दै डिएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

आइतबार मुलपानी क्रिकेट मैदान (तल्लो) मा  सम्पन्न पहिलाे सेमिफाइनलमा  सैनिकले प्रस्तुत गरेको ९३ रनको लक्ष्य डिएभीले १५.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

डिएभीका लागि कप्तान प्रसिद्ध जैसीले ३८ बलमा ६ चौका र एक छक्काको मद्दतले अविजित ५३ रनको योगदान गरे । यसैगरी कमल शाहीले अविजित १७ र शत्यम बस्नेतले ११ रन बनाए ।

सैनिकका लागि सफल पौडेल, समीर केसी, उत्सव नेपाल र शुभ विष्टले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सैनिकले  निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रनको योगफल तयार पारेको थियो ।

सैनिकका लागि गौरव कार्कीले ३०, रिशु साहले १४ तथा सुशान्त नेपाल र कप्तान राजदीप आचार्यले समान ११ रन बनाए ।

डिएभीका लागि कमाल शाहीले तीन तथा प्रसंग पौडेल, केशव अग्रवाल र प्रसिद्ध जैसीले समान एक विकेट लिए ।

डिएभीले एन्जल्स हार्ट नेसनल स्कुल तथा सैनिकले ग्यालेक्सी पब्लिक स्कुललाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका थिए । 


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3