फाल्गुन ३०, २०८२ शनिबार | १८:३०:०२
जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित

बंगलादेशमा उसु टोलीलाई १० पदक

काठमाडौं । नेपालले प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्सको उसुमा चार स्वर्ण पाँच रजत र एक कांस्य पदक जितेको छ ।

नेपाली टोलीका प्रशिक्षक राजीव महर्जनका अनुसार ममता सुनुवार राईले दोहोरो स्वर्ण जितिन् ।

बंगलादेशको ढाकामा भएको प्रतियोगितामा ममताले महिला नान छ्वान र नान ताउमा स्वर्ण पदक जितेको प्रशिक्षक महर्जनले जानकारी गराए । पुरुष ४८ केजीमुनिमा विराज सुनार तथा ५६ केजीमुनिमा निश्चल तामाङ स्वर्ण पदक जित्न सफल भए ।  ।

त्यस्तै पुरुष ६५ केजीमुनिमा सौगात चन्द, महिला ४८ केजीमुनिमा अनिता तामाङ, महिला ५६ केजीमुनिमा मञ्जरी राई, महिला थाइची छ्वानमा प्राथना नेपाल र महिला ५२ केजीमुनिमा सुभाङ्गीराज्यलक्ष्मी गौतमले रजत पदक जिते । रुफस केसीले पुरुष थाइची छ्वानमा कांस्य पदक जिते ।  

यसैगरी सोही प्रतियोगितमा सहभागी तेक्वान्दो टोलीले दुई स्वर्ण, चार रजत र ८ कांस्य पदक जितेको छ ।

महिला ६८ केजीमुनिमा ऋशिका बुढाथोकी तथा पुम्सेको महिला जोडीमा ऋशिका र युनिशा निरौलाले स्वर्ण पदक जिते ।

पुरुष ४५ केजीमुनिमा आदित्य पराजुली, पुरुष ६८ केजीमुनिमा पंकज विक, महिला ४२ केजीमुनिमा इच्छा विष्ट र महिला एकल पुम्सेमा ऋषिकाले रजत पदक हात पारे।

पुरुष ४८ केजीमुनिमा दिपन सापकोटा, महिला ४२ केजीमुनि युनिशा निरौला, महिला ५२ केजीमुनिमा सन्ध्याकुमारी पासवान, पुरुष एकल पुम्सेमा सुभम पोखरेल र पंकज विक, महिला एकल पुम्सेमाआदित्य ढकाल, पुरुष जोडी पुम्सेमा आदित्य पराजुली र सुभम पोखरेल तथा पुम्से महिला जोडीमा इच्छा विष्ट र आदित्य ढकालले कांस्य पदक जिते । 
 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||